नेभिगेशन
सबै कुरा

कोशीका निवर्तमान मन्त्रीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइयो

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनलाई आज दिउँसो हवाइजहाजमार्फत काठमाडौँ ल्याइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मानवतस्करीमा मुछिएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।  विराटनगर वडा नं. २ स्थित निवासबाट मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाको नेतृत्वको प्रहरी टोलीले पूर्व मन्त्री अधिकारीलाई पक्राउ गरी यति एयरलाइन्सको जहाजबाट राजधानी काठमाण्डौ पठाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए । उनलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको र सोही आधारमा पक्राउ गरी काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले जानकारी दिए । 

Ncell
Extreme Energy

पक्राउ परेपछि कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले प्रहरीको अनुसन्धानमा आफुले सहयोग गर्ने बताए ।

प्रहरी स्रोतका अनुसार मानव तस्करीमा जोडिएका अधिकारीलाई अनुसन्धान भने कागजात किर्तेमा गर्न लागिएको छ । मानव तस्करी सम्बन्ध अपराधको अनुसन्धान गर्न छुट्टै ब्युरो नै भएपनि उनलाई भने काठमाडौँ प्रहरी परिसरले नक्कली कागजात बनाएको आरोपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

अधिकारी सहित जापानमा बोलाउँदै नबोलाइएको कार्यक्रममा गएका अन्य तीनजनाको बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । अन्य तीनजना विमानस्थलबाटै पक्राउ परे पनि अधिकारी भने फुत्तिएका थिए । तर समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको हो । उनीसहित जापानबाट फर्किएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पा अहिले हिरासतमा छन् । भने तस्करीको योजना बनाउने वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाल पनि पक्राउ परेका छन् ।

अधिकारीले मानव तस्करहरुले आफुलाई उपयोग गरी जापान भ्रमण गराउन खोजेको र आफुले नै सूचक भई मानवतस्करको गिरोहलाई पक्राउ गराउन सहयोग गरेको बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...