नेभिगेशन
सबै कुरा

कोशीका निवर्तमान मन्त्रीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइयो

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनलाई आज दिउँसो हवाइजहाजमार्फत काठमाडौँ ल्याइएको हो । 

मानवतस्करीमा मुछिएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।  विराटनगर वडा नं. २ स्थित निवासबाट मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाको नेतृत्वको प्रहरी टोलीले पूर्व मन्त्री अधिकारीलाई पक्राउ गरी यति एयरलाइन्सको जहाजबाट राजधानी काठमाण्डौ पठाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए । उनलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको र सोही आधारमा पक्राउ गरी काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले जानकारी दिए । 

Dish Home
Global Ime Bank

पक्राउ परेपछि कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले प्रहरीको अनुसन्धानमा आफुले सहयोग गर्ने बताए ।

प्रहरी स्रोतका अनुसार मानव तस्करीमा जोडिएका अधिकारीलाई अनुसन्धान भने कागजात किर्तेमा गर्न लागिएको छ । मानव तस्करी सम्बन्ध अपराधको अनुसन्धान गर्न छुट्टै ब्युरो नै भएपनि उनलाई भने काठमाडौँ प्रहरी परिसरले नक्कली कागजात बनाएको आरोपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

अधिकारी सहित जापानमा बोलाउँदै नबोलाइएको कार्यक्रममा गएका अन्य तीनजनाको बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । अन्य तीनजना विमानस्थलबाटै पक्राउ परे पनि अधिकारी भने फुत्तिएका थिए । तर समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको हो । उनीसहित जापानबाट फर्किएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पा अहिले हिरासतमा छन् । भने तस्करीको योजना बनाउने वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाल पनि पक्राउ परेका छन् ।

अधिकारीले मानव तस्करहरुले आफुलाई उपयोग गरी जापान भ्रमण गराउन खोजेको र आफुले नै सूचक भई मानवतस्करको गिरोहलाई पक्राउ गराउन सहयोग गरेको बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पत्नीको कुटपिटबाट पतिको मृत्यु

पत्नीको कुटपिटबाट पतिको मृत्यु

बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ

योजनाका कागजात बरामद गरेको थियो भने उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो । सोहि विषयमा सांसद कुशवाहा पक्राउ परेको अख्तियारले जनाएको छ ।
काठमाडाैँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको...