नेभिगेशन
सबै कुरा

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले अधिकारीलाई २ दिन हिरासत राख्न प्रहरीलाई अनुमति दिएको हो । 

पूर्वमन्त्री अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आजै काठमाडौँ ल्याइएको हो । उनलाई आज दिउँसो हवाइजहाजमार्फत काठमाडौँ ल्याइएको हो । 

मानव तस्करीमा मुछिएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियाे ।  विराटनगर वडा नं. २ स्थित निवासबाट मोरङका प्रहरी उपरीक्षक नारायण चिमोरियाको नेतृत्वको प्रहरी टोलीले पूर्व मन्त्री अधिकारीलाई पक्राउ गरी यति एयरलाइन्सको जहाजबाट काठमाडाैँ ल्याइएकाे हो । काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको र सोही आधारमा पक्राउ गरी काठमाडौँ पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए ।

नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । अन्य तीनजना विमानस्थलबाटै पक्राउ परे पनि अधिकारी भने फुत्तिएका थिए । तर समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको हो । उनीसहित जापानबाट फर्किएका प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पा अहिले हिरासतमा छन् । भने तस्करीको योजना बनाउने वीरबहादुर सुनुवार, महेशविक्रम पाण्डे र जुगल रिजाल पनि पक्राउ परेका छन् ।

अधिकारीले मानव तस्करहरुले आफुलाई उपयोग गरी जापान भ्रमण गराउन खोजेको र आफुले नै सूचक भई मानवतस्करको गिरोहलाई पक्राउ गराउन सहयोग गरेको बताउँदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...