नेभिगेशन
सबै कुरा

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

बागलुङ । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताए । 

Ncell
Extreme Energy

बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उनको भनाइ छ । 

उनले भने, “लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो ।”

समुन्द्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् । 

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताए। “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हे¥यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उनले भने । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...