नेभिगेशन
सबै कुरा

रुपन्देहीको सरकारी वकिल कार्यालयमा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीकाे जिल्ला सरकारी वकिलको कार्यालयमा दोस्रो दिनको बयान सुरु भएको छ । बिहान १० बजेदेखि नै बयान लिन सुरु गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार करिब १२ बजे कास्कीबाट रुपन्देही पुर्याइएका लामिछानेलाई साँझ ५ बजेसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मौखिक बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल लगायतले उनलाई २० बढी प्रश्न सेधेका थिए । लामिछानेले अधिकांस प्रश्नमा इन्कारी बयान दिएका छन् । 

Ncell
Extreme Energy

मंगलबार मौखिक प्रश्नोत्तर गरिएकोमा आज लिखित बयान लिइएको हो । 

लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लगिएको हो। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। र चाैथाेपटक १३ दिन म्याद थपिएकाे थियाे ।

लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...