नेभिगेशन
सबै कुरा
डिडिकेटेड र ट्रंकलाइन विवाद :

१५ दिनभित्र विद्युतको बक्यौता बुझाइएन भने हामी पुनः कारबाहीमा उत्रिने छौँ : कुलमान घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिडिकेटेड र ट्रंकलाइनको बक्यौता नबुझाउने उद्योगले १५ दिनभित्र बक्यौता नबुझाए पुनः लाइन काट्ने बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरि विद्युत जोड्न निर्देशन दिएपछि आफूहरुले विद्युत जोड्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफू नेपाल सरकार मातहत रहेको निकाय भएका कारण आफूहरुले सरकारको निर्देशन मान्ने तर सरकारले दिएको १५ दिनको समयमा बक्यौता बुझाउनुपर्ने उनले बताए । उनले भने, ‘हामीले पछिल्लो पटक समेत गरि ४ औँ पटक लाइन काटेका थियौँ । कात्तिक ८ गते हामीले लाइन काटेका थियौँ । त्यसपछि भर्खरै नेपाल सरकारले एउटा निर्देशन दिएको छ, १५ दिनभित्र बक्यौता उठाउने गरि हालका लागि २४ घण्टाभित्र लाइन तत्काल जोड्ने भन्ने निर्देशन प्राप्त भएको छ । हामी १५ दिनभित्र विद्युतको बक्यौता रकम उठाउन हामी लाग्ने छौँ । उहाँहरुले १५ दिनभित्र नेपाल सरकारको निर्देशन बमोजिम बक्यौता बुझाउनुपर्ने छ ।’

Ncell
Extreme Energy


त्यस्तै १५ दिनभित्र सरकारको निर्देशन बमोजिम प्राधिकरणको बिल चुक्ता नगरे आफूहरुले पुनः कारबाहीको प्रक्रिया अघि बढाउने बताए । ‘१५ दिनभित्र हामीले गरेको बिल अनुसारको रकम बुझाएन भने हामी आफ्नो प्रक्रियामा फेरी पनि लाग्ने छौँ ।’, कार्यकारी निर्देशक घिसिङले भने । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...