नेभिगेशन
सबै कुरा
डिडिकेटेड र ट्रंकलाइन विवाद :

१५ दिनभित्र विद्युतको बक्यौता बुझाइएन भने हामी पुनः कारबाहीमा उत्रिने छौँ : कुलमान घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिडिकेटेड र ट्रंकलाइनको बक्यौता नबुझाउने उद्योगले १५ दिनभित्र बक्यौता नबुझाए पुनः लाइन काट्ने बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपाल सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरि विद्युत जोड्न निर्देशन दिएपछि आफूहरुले विद्युत जोड्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफू नेपाल सरकार मातहत रहेको निकाय भएका कारण आफूहरुले सरकारको निर्देशन मान्ने तर सरकारले दिएको १५ दिनको समयमा बक्यौता बुझाउनुपर्ने उनले बताए । उनले भने, ‘हामीले पछिल्लो पटक समेत गरि ४ औँ पटक लाइन काटेका थियौँ । कात्तिक ८ गते हामीले लाइन काटेका थियौँ । त्यसपछि भर्खरै नेपाल सरकारले एउटा निर्देशन दिएको छ, १५ दिनभित्र बक्यौता उठाउने गरि हालका लागि २४ घण्टाभित्र लाइन तत्काल जोड्ने भन्ने निर्देशन प्राप्त भएको छ । हामी १५ दिनभित्र विद्युतको बक्यौता रकम उठाउन हामी लाग्ने छौँ । उहाँहरुले १५ दिनभित्र नेपाल सरकारको निर्देशन बमोजिम बक्यौता बुझाउनुपर्ने छ ।’

Extreme Energy


त्यस्तै १५ दिनभित्र सरकारको निर्देशन बमोजिम प्राधिकरणको बिल चुक्ता नगरे आफूहरुले पुनः कारबाहीको प्रक्रिया अघि बढाउने बताए । ‘१५ दिनभित्र हामीले गरेको बिल अनुसारको रकम बुझाएन भने हामी आफ्नो प्रक्रियामा फेरी पनि लाग्ने छौँ ।’, कार्यकारी निर्देशक घिसिङले भने । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।