नेभिगेशन
सबै कुरा

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दावी गर्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ, ऋषि धमलाले माफी मागे

काठमाडौँ । आफूलाई निर्मला पन्त हत्या प्रकरणकाे प्रत्यक्षदर्शी बताउँदै अन्तर्वार्ता दिएका गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो । गलत प्रचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले बताए । ‘२०७५ सालमा नक्कली लाइसेन्स खारेज भएको रहेछ । परिवारमा पनि जहिले जाँड खाएर दुख दिने गरेको रहेछ । उनले दिएको विवरण र घटनाको बस्तुस्थिति केही पनि मेल खाँदैन’ बोगटीले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै ऋषि धमलाले पनि गल्ती स्विकार गरेको बोगटीले बताए । धमलाले हतारमा अन्तर्वार्ता प्रसारण गरेर गल्ती गरेको भन्दै माफी मागेको उनले बताए । 

Ncell
Extreme Energy

अर्यालले प्राइम टाइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग अन्तर्वार्ता दिदै निर्मला पन्तको बलात्कारपछि हत्याको आफू प्रत्यक्षदर्शी भएको दावी गरेका थिए । साथै उनले आफुमाथि धेरैतर्फबाट आक्रमण हुने भन्दै सरकारले आफ्नो सुरक्षाको जिम्मेवारी संलग्न व्यक्तिहरुको नाम खुलाउने पनि बताएका थिए । उनले उक्त घटनामा तीन जना संलग्न रहेको दावी गरेका थिए । 

उनको अन्र्तवार्ता सार्वजनिक भएपछि प्रहरीले उनीसँग मंगलबार सोधपुछ समेत गरेको थियो । अर्यालले अन्र्तवार्ताका क्रममा बताएको सबै कुरा झुटो भएको सिआईबीले जनाएको छ । उनले दिएको विवरण घटनाविवरण मेल नखाने सिआईबीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...