नेभिगेशन
सबै कुरा

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दावी गर्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ, ऋषि धमलाले माफी मागे

काठमाडौँ । आफूलाई निर्मला पन्त हत्या प्रकरणकाे प्रत्यक्षदर्शी बताउँदै अन्तर्वार्ता दिएका गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो । गलत प्रचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले बताए । ‘२०७५ सालमा नक्कली लाइसेन्स खारेज भएको रहेछ । परिवारमा पनि जहिले जाँड खाएर दुख दिने गरेको रहेछ । उनले दिएको विवरण र घटनाको बस्तुस्थिति केही पनि मेल खाँदैन’ बोगटीले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै ऋषि धमलाले पनि गल्ती स्विकार गरेको बोगटीले बताए । धमलाले हतारमा अन्तर्वार्ता प्रसारण गरेर गल्ती गरेको भन्दै माफी मागेको उनले बताए । 

Extreme Energy

अर्यालले प्राइम टाइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग अन्तर्वार्ता दिदै निर्मला पन्तको बलात्कारपछि हत्याको आफू प्रत्यक्षदर्शी भएको दावी गरेका थिए । साथै उनले आफुमाथि धेरैतर्फबाट आक्रमण हुने भन्दै सरकारले आफ्नो सुरक्षाको जिम्मेवारी संलग्न व्यक्तिहरुको नाम खुलाउने पनि बताएका थिए । उनले उक्त घटनामा तीन जना संलग्न रहेको दावी गरेका थिए । 

उनको अन्र्तवार्ता सार्वजनिक भएपछि प्रहरीले उनीसँग मंगलबार सोधपुछ समेत गरेको थियो । अर्यालले अन्र्तवार्ताका क्रममा बताएको सबै कुरा झुटो भएको सिआईबीले जनाएको छ । उनले दिएको विवरण घटनाविवरण मेल नखाने सिआईबीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।