नेभिगेशन
सबै कुरा

भुल सुधार प्रकाशन

काठमाडौँ । उपरोक्त सम्बन्धमा यस सिधाकुरा डटकमबाट २०८१ वैशाख १४ गते शुक्रबारका दिन प्रकाशित ‘द डार्क फाइल’ सिरिज अन्तर्गतको पहिलो दोस्रो र तेस्रो खण्डका समाचार हटाइएको जानकारी गराउँदछौँ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो मितिमा प्रकाशित EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र रामेश्वर थापा पनि जोडिए’ शीर्षकको समाचार, त्यसको दोस्रो दिन प्रकाशित, शृङ्खला दुई र तेस्रो भागमा प्रकाशित राजकुमार तिमल्सिनाको अन्तरवार्ता यस सिधाकुरा डटकम, यसको समाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट हटाइसकिएको छ । 

Extreme Energy

सो समाचार सामाग्रीका सन्दर्भमा सञ्चार माध्यमको नियमक निकाय प्रेस काउन्सिल नेपालसँगको लिखित समझदारीमा २०८१ वैशाख १७ गते नै स्थगन गरिएको र २०८१ वैशाख १७ मै सर्वोच्च अदालतबाट भएको आदेशअनुसार सिधाकुराले समाचार सामाग्री डिलिट गरेर अदालती प्रक्रियामा सहभागी भएको थियो ।

पाँच महिना लामो अदालती प्रक्रियापछि २०८१ असोज १३ गते भएको सर्वोच्च अदालतको बृहत पूर्ण इजलासको फैसला बमोजिम अदालतले विपक्षी बनाएको सिधाकुरा डटकमको हकमा पनि समाचार सामाग्री प्रकाशनप्रति लिखित माफी माग्न भएको आदेश बमोजिम यो भुलसुधार सूचना प्रकाशित गरिएको छ।

उक्त समाचार सामाग्री स्रोतको विश्वास गरी सत्य तथ्य परीक्षण नगरी प्रकाशन प्रसारण हुन गएकामा प्रकाशित समाचार प्रकाशनप्रति सिधाकुरा क्षमायाचना गर्दै याे भुल सुधार प्रकाशित गगरेको जानकारी गराउँदछ।

सिधाकुरा डटकम आफ्ना पाठक र स्रोतहरूलाई सत्य र तथ्यपूर्ण समाचार सामाग्री नियमित प्रकाशन प्रसारणको प्रतिबद्धता पनि जनाउँदछ।  

–सम्पादक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री सुशीला कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री सुशीला कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।