नेभिगेशन
सबै कुरा

भुल सुधार प्रकाशन

काठमाडौँ । उपरोक्त सम्बन्धमा यस सिधाकुरा डटकमबाट २०८१ वैशाख १४ गते शुक्रबारका दिन प्रकाशित ‘द डार्क फाइल’ सिरिज अन्तर्गतको पहिलो दोस्रो र तेस्रो खण्डका समाचार हटाइएको जानकारी गराउँदछौँ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो मितिमा प्रकाशित EXCLUSIVE: ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र रामेश्वर थापा पनि जोडिए’ शीर्षकको समाचार, त्यसको दोस्रो दिन प्रकाशित, शृङ्खला दुई र तेस्रो भागमा प्रकाशित राजकुमार तिमल्सिनाको अन्तरवार्ता यस सिधाकुरा डटकम, यसको समाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट हटाइसकिएको छ । 

Ncell
Extreme Energy

सो समाचार सामाग्रीका सन्दर्भमा सञ्चार माध्यमको नियमक निकाय प्रेस काउन्सिल नेपालसँगको लिखित समझदारीमा २०८१ वैशाख १७ गते नै स्थगन गरिएको र २०८१ वैशाख १७ मै सर्वोच्च अदालतबाट भएको आदेशअनुसार सिधाकुराले समाचार सामाग्री डिलिट गरेर अदालती प्रक्रियामा सहभागी भएको थियो ।

पाँच महिना लामो अदालती प्रक्रियापछि २०८१ असोज १३ गते भएको सर्वोच्च अदालतको बृहत पूर्ण इजलासको फैसला बमोजिम अदालतले विपक्षी बनाएको सिधाकुरा डटकमको हकमा पनि समाचार सामाग्री प्रकाशनप्रति लिखित माफी माग्न भएको आदेश बमोजिम यो भुलसुधार सूचना प्रकाशित गरिएको छ।

उक्त समाचार सामाग्री स्रोतको विश्वास गरी सत्य तथ्य परीक्षण नगरी प्रकाशन प्रसारण हुन गएकामा प्रकाशित समाचार प्रकाशनप्रति सिधाकुरा क्षमायाचना गर्दै याे भुल सुधार प्रकाशित गगरेको जानकारी गराउँदछ।

सिधाकुरा डटकम आफ्ना पाठक र स्रोतहरूलाई सत्य र तथ्यपूर्ण समाचार सामाग्री नियमित प्रकाशन प्रसारणको प्रतिबद्धता पनि जनाउँदछ।  

–सम्पादक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।
टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई  र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...