नेभिगेशन
विदेशका कुरा

अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०२४ मा सहभागी हुने नेपाली तेक्वान्दो प्रशिक्षक अधिकारीकाे बिदाइ

काठमाडौँ । संयुत्त राज्य अमेरिकाको सिकागो सहरमा हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०२४ मा सहभागी हुन त्यसतर्फ जान लागेका नेपाली तेक्वान्दो प्रशिक्षक जगन अधिकारीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बिदाइ गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आबुधाबीस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच राजदूत क्षेत्री लगायत दुतावास परिवारबाट युएईबाट सहभागी हुन जाने नेपाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।

Extreme Energy

विश्व तेक्वान्दोको आयोजनामा यही डिसेम्बर १८ देखी २१ सम्म हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्षमा सहभागी हुन शुक्रबार उनी त्यसतर्फ जाने छन् ।

यसअघि गत जुलाईमा दक्षिण कोरियामा सम्पन्न भएको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा युएईमा रहेका तेक्वान्दो खेलाडीहरुले उनकै नेतृत्वमा सहभागिता जनाएका थिए।

त्यसैगरी दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमको पहलमा दुबई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेस च्यालेन्जमा समेत प्रशिक्षकको भुमिकामा काम गरेका अधिकारीले कराते र बक्सिङको कोचको लागी पनि नेपाली खेलाडीहरुलाई अवसर प्रदान गरेका थिए ।

अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२, युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

विगत एक दशकदेखि युएईमा रहेका अधिकारी युएईमा राष्ट्रिय रेफ्री तथा प्रशिक्षकका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...