नेभिगेशन
विदेशका कुरा

अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०२४ मा सहभागी हुने नेपाली तेक्वान्दो प्रशिक्षक अधिकारीकाे बिदाइ

काठमाडौँ । संयुत्त राज्य अमेरिकाको सिकागो सहरमा हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष २०२४ मा सहभागी हुन त्यसतर्फ जान लागेका नेपाली तेक्वान्दो प्रशिक्षक जगन अधिकारीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बिदाइ गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आबुधाबीस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच राजदूत क्षेत्री लगायत दुतावास परिवारबाट युएईबाट सहभागी हुन जाने नेपाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।

Ncell
Extreme Energy

विश्व तेक्वान्दोको आयोजनामा यही डिसेम्बर १८ देखी २१ सम्म हुन गइरहेको अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्षमा सहभागी हुन शुक्रबार उनी त्यसतर्फ जाने छन् ।

यसअघि गत जुलाईमा दक्षिण कोरियामा सम्पन्न भएको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा युएईमा रहेका तेक्वान्दो खेलाडीहरुले उनकै नेतृत्वमा सहभागिता जनाएका थिए।

त्यसैगरी दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमको पहलमा दुबई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेस च्यालेन्जमा समेत प्रशिक्षकको भुमिकामा काम गरेका अधिकारीले कराते र बक्सिङको कोचको लागी पनि नेपाली खेलाडीहरुलाई अवसर प्रदान गरेका थिए ।

अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२, युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

विगत एक दशकदेखि युएईमा रहेका अधिकारी युएईमा राष्ट्रिय रेफ्री तथा प्रशिक्षकका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...