नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

६० किलो सुन प्रकरण : २५ जनालाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

६० किलो सुन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाई अभियोजन दर्ता गरेको थियो ।  

Dish home
City Express

कार्यालयले याओ पुचेङ, दावा छिरिङ, थुप्टिङ छिरिङ, हर्कराज राई, कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पारजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ, रुक्मिना सुब्बा, भोला साह सोनार, जीवन चलाउने र अमला रोकालाई प्रतिवादी बनाई अभियोग दर्ता गरेको थियो भने भोला साह सोनार, जीवन चलाउने र अमला रोका फरार सुचिमा राखेको थियो ।

जसमध्ये  अदालतले भन्सार एजेन्ट रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

उनीहरुलाई अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक अन्तर्गतको कसूर तथा संगठित अपराधमा कारबाही गर्न माग गर्दै ३ अर्ब ५० करोड ३० लाख बिगो दावी गरेको थियो ।

सुन प्रकरणमा ३२ जना पक्राउ परेका थिए । तर ३ फरार सहित सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मात्र अभियोग दर्ता गरेपछि ६ जनालाई भने मुद्दा चलेको थिएन । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले अवैध सुन पैठारी तथा संगठित अपराधमा अनुसन्धान गरी भदौ २७ गते राय सहितको प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज अभियोजन दर्ता गरेको थियो  । 

गत साउन २ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याइएको सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट बरामद गरेको थियो । १६० सेट ब्रेक शु भित्र रहेको सुन पगाल्दा सुनको परिमाण ६० किलो ७१६ ग्राम भएको थियो । राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान प्रधानमन्त्रीको आदेशमा साउन २१ गते सीआईबीको जिम्मा लगाइएको थियो ।  

यो प्रकरणमा सीआईबीले ३२ जनालाई पक्राउ परेका थिए । जसमा २३ नेपाली र ९ विदेशी छन् । पक्राउ परेका नेपालीहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक  र  कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गरी माल वस्तु व्यवस्थापन गर्ने २ जना र सुनको कारोवारमा संलग्न ११ जना छन् । जसमध्ये २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

उनीहरुलाई भन्सार ऐन, संगठित निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता ऐन, नोपल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐन अनुसार कारवाही गर्न राय पेश गरेको थियो । 

यो समूहले ७ ओटा कम्पनी दर्ता गरेर कारोबार गरेको देखिएपनि समय अभावका कारण एउटा मात्र कम्पनी रेडी ट्रेडले गरेको कारोबार सम्बन्धमा मात्र अनुसन्धान गरेको सीआईबीले जनाएको छ । सीआईबीको अनुसन्धानमा रेडी ट्रेडबाट मात्र ३०२.६२ किलो सुन भन्सार छलेर भित्र्याइएको देखिएको छ । जसको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबर हुन्छ । तस्करहरुले ब्रेक शु सहित बिभिन्न इलेक्ट्रिक सामानहरुमा आएको सुन टोखा र लाजिम्पाटमा रहेको फ्याक्ट्रिमा पगाल्ने गरिएको थियो । उक्त फ्याक्ट्रिबाट १० ओटा सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ श्रृङ्खला ५ : तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी श्रृङ्खला ६ : EXCLUSIVE : शहिद परिवारको भत्ता खाने दावा पत्नी अमलाको अटोमोबाइल्सदेखि क्यासिनोसम्म लगानी 

श्रृङ्खला ७ : विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण

श्रृङ्खला ८ : सुन तस्करहरुको मास्टर कोड ‘१० रुपैयाँको नोट’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...