नेभिगेशन
सबै कुरा

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

२० असोज, काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको खेलमा पहिलो सेट मङ्गोलियाले २५–१७ अङ्कले जित्यो । दोस्रो सेटमा भने नेपाल २५–१८ अङ्कले विजयी भयो । तेस्रो सेटमा पनि नेपाल २५–२१ अङ्कले विजयी बन्यो । चौथो सेटमा मङ्गोलियाले नेपाललाई २५–१८ अङ्कले उछिन्यो । अन्तिम सेटमा नेपाल १५–१२ अङ्कले विजयी बन्यो ।  

Ncell
Extreme Energy

यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३–० को सोझो सेटमा पराजित भएको थियो । हङकङले नेपाललाई २५–२२, २५–१६ र २५–१८ अङ्कले पराजित गरेको थियो । यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३–१ सेटले पराजित भएको थियो । भारत उक्त खेलमा २५–२३, २६–२८, २५–२३ र २५–१७ अङ्कले विजयी भएको थियो । 

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४–२५, १६–२५ र १३–२५ अङ्कले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१–२५, १४–२५ र ११–२५ अङ्कले पराजित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।