नेभिगेशन
सबै कुरा

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः स्वास्थ्यमन्त्री पौडेल

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । 

पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ । उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए । 

City Express

मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ । 

मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताए। उनले तत्कालीन अवस्थामा रु एक लाखको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर रु पाँच लाख पु¥याउने योजना रहेको बताए। यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने उनको भनाई छ । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उनी बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...