नेभिगेशन
सबै कुरा

गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । 

Ncell
Extreme Energy

उनले भने, “कूल रु दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।” 

नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ ।  अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।