नेभिगेशन
सबै कुरा

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौँ । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । 

आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले  एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ । 

CG

आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी छ । 

आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको विज्ञप्तिमा जनाइएको छ । आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग...
अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ...
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म  बढीमा आगामी पुस ७...