नेभिगेशन
सबै कुरा

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

२१ असोज, हुम्ला । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । 

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको खडीखेत घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |