नेभिगेशन
सबै कुरा

स्राेत नखुलेकाे विदेशी रकमसहित तीन जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले श्रोत नखुलेको १४ हजार युरो र ३२ हजार अमेरिकी डलर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक बिजय सिंह कुशवाह, प्रशान्त पाठक र राहुलकुमार माण्डावत रहेका छन् । 

उनीहरुबाट नियन्त्रणमा लिएका विदेशी मुद्राको आजको बजार भाउ अनुसार ६२ लाख ९० हजार ३५ रुपैया रहेको प्रहरीले जनाएको छ । 

हेटौंडा–१ स्थित त्रिभुवन राजपथ सडकखण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो भ्यानमा यात्रारत उनीहरुबाट सो अवैध रकम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताएका छन् । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाइने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...