नेभिगेशन
सबै कुरा

पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता

पोखरा । पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठुलो बज्रपात पर्‍यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो । मास्टर्स इन इंगलिस लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै अध्यापन गराउने अनिताले पढाइका लागि किनेको ल्यापटप बेचेर आमा गङ्गा दमाईलाई केमोथेरापी चढाइरहेकी छिन् ।  

गत भदौदेखि आमाको उपचारका लागि चितवन र पोखरा गरिरहेकी जलजला गाउँपालिका वडा नं ७, पर्वत निवासी उनकी आमालाई चार चरणसम्म केमोथेरापीबाट उपचार गरेपछि पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । अपरेसनका लागि न्यूनतम पाँच लाख खर्च आवश्यक पर्ने भनिएपछि दमाईको परिवार त्यो खर्च गर्ने सक्ने अवस्थामा छैनन् । दाताहरूबाट प्राप्त २ लाख रुपैयाँ मात्र रहेको अनिता बताउँछिन् ।  ‘अस्पतालमा डाक्टरहरुले अप्रेशनको तयारी गर्नु भनेका छन्, मैले कहाँबाट पैसा ल्याएर आमाको उपचार गराउनु ’, अनिता भक्कानिइन् । 

CG

केही समय पहिले बाबुको उपचारका लागि भएको घरजग्गाको लालपूर्जासमेत सहकारीमा धितो राखेको परिवारसँग पैसा जम्मा गर्ने कुनै आधार छैन । बाबुको उपचारको ऋण नसकिँदै आमा बिरामी भएपछि अनिता पढाई थाँती राखेर पैसा जुटाउन लागिपरेकी छिन् । ‘जग्गा बेच्न सहकारीमा ऋण तिर्नुपर्छ, यता आफ्नो पढाइ, जागिर, बिरामी आमा ।’

बिरामी आमाको उपचारका लागि उनका भाई जागिरको खोजीमा भारतमा भौँतारिइरहेका छन् । विभिन्न दाताले दिएको र विभिन्न ठाउँबाट लिइएको ऋण गरि जम्मा भएको ८ लाख रकम आमाकै उपचारमा खर्च भएको अनिता बताउँछिन् । 

आर्थिक अवस्था कमजोर मात्र हैन, सहयोगको याचना गर्न पनि परिवारले चिनेको कतै छैन । जतिसक्दो छिटो पैसा जम्मा गरे आमा बचाउन सकिने अस्पतालले जनाएपछि यतिबेला अनिताको सहयोगको अपिल गर्दै भौँतारिइरहेकी छिन् । ‘आशा, भरोसा र भगवानसँग प्रार्थना गर्न बाहेक आफूसँग कुनै विकल्प छैन ।’, अनिता भन्छिन् । 

उनी आफ्नी आमाको उपचारका लागि सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध गर्छिन् । 

गङ्गा दमाईलाई सहयोग गर्नका लागिः

बैँक खाता : एनएमबी बैङ्क खाता नम्बर १२१०२००९४१७००१२, 

राष्ट्रिय वाणिज्य बैङ्क खाता नम्बर ३५००१००००००४१२०३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस)...
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।