नेभिगेशन
सबै कुरा

पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता

पोखरा । पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठुलो बज्रपात पर्‍यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो । मास्टर्स इन इंगलिस लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै अध्यापन गराउने अनिताले पढाइका लागि किनेको ल्यापटप बेचेर आमा गङ्गा दमाईलाई केमोथेरापी चढाइरहेकी छिन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौदेखि आमाको उपचारका लागि चितवन र पोखरा गरिरहेकी जलजला गाउँपालिका वडा नं ७, पर्वत निवासी उनकी आमालाई चार चरणसम्म केमोथेरापीबाट उपचार गरेपछि पाठेघरको शल्यक्रियाका लागि अहिले भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । अपरेसनका लागि न्यूनतम पाँच लाख खर्च आवश्यक पर्ने भनिएपछि दमाईको परिवार त्यो खर्च गर्ने सक्ने अवस्थामा छैनन् । दाताहरूबाट प्राप्त २ लाख रुपैयाँ मात्र रहेको अनिता बताउँछिन् ।  ‘अस्पतालमा डाक्टरहरुले अप्रेशनको तयारी गर्नु भनेका छन्, मैले कहाँबाट पैसा ल्याएर आमाको उपचार गराउनु ’, अनिता भक्कानिइन् । 

Ncell
Extreme Energy

केही समय पहिले बाबुको उपचारका लागि भएको घरजग्गाको लालपूर्जासमेत सहकारीमा धितो राखेको परिवारसँग पैसा जम्मा गर्ने कुनै आधार छैन । बाबुको उपचारको ऋण नसकिँदै आमा बिरामी भएपछि अनिता पढाई थाँती राखेर पैसा जुटाउन लागिपरेकी छिन् । ‘जग्गा बेच्न सहकारीमा ऋण तिर्नुपर्छ, यता आफ्नो पढाइ, जागिर, बिरामी आमा ।’

बिरामी आमाको उपचारका लागि उनका भाई जागिरको खोजीमा भारतमा भौँतारिइरहेका छन् । विभिन्न दाताले दिएको र विभिन्न ठाउँबाट लिइएको ऋण गरि जम्मा भएको ८ लाख रकम आमाकै उपचारमा खर्च भएको अनिता बताउँछिन् । 

आर्थिक अवस्था कमजोर मात्र हैन, सहयोगको याचना गर्न पनि परिवारले चिनेको कतै छैन । जतिसक्दो छिटो पैसा जम्मा गरे आमा बचाउन सकिने अस्पतालले जनाएपछि यतिबेला अनिताको सहयोगको अपिल गर्दै भौँतारिइरहेकी छिन् । ‘आशा, भरोसा र भगवानसँग प्रार्थना गर्न बाहेक आफूसँग कुनै विकल्प छैन ।’, अनिता भन्छिन् । 

उनी आफ्नी आमाको उपचारका लागि सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध गर्छिन् । 

गङ्गा दमाईलाई सहयोग गर्नका लागिः

बैँक खाता : एनएमबी बैङ्क खाता नम्बर १२१०२००९४१७००१२, 

राष्ट्रिय वाणिज्य बैङ्क खाता नम्बर ३५००१००००००४१२०३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...