नेभिगेशन
सबै कुरा
तीनकुने हत्या प्रकरण :

तीनकुने हत्या प्रकरणका अभियुक्तको गरियो ब्रेन म्यापिङ्, अन्य ३ ठाउँमा समेत हत्या गरेको बयान

काठमाडाैँ : गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४ जनाको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका जन्मजात बोल्न नसक्ने २३ वर्षीय भण्डारीले प्रहरीलाई नै हैरानी पार्ने बयान दिएपछि भण्डारीलाई केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको हो। 

Ncell
Extreme Energy

केन्द्रीय कारागार सुनधारामा स्वास्थ्य मन्त्रालयले मनोचिकित्सकको टिमसहित ब्रेन म्यापिङ केन्द्र स्थापना गरेको छ। सोही ठाउँमा लगेर भण्डारीको ब्रेन म्यापिङ गराइएको हो। 

अनुसन्धानका क्रममा उनले आफूले अन्य ठाउँमा पनि व्यक्तिहरुको हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएका छन्। उनको बयानपछि प्रहरीले उनलाई घटनास्थल देखाउन लगाउँदा उनले प्रहरीलाई रातोपुल पुर्याएका थिए । उनले रातो पुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शव भेटिएको थियो।

त्यस्तै भण्डारीले नक्सालमा समेत एक व्यक्तिको हत्या गरेर गाडेको प्रहरीलाई प्रहरीलाई बयान दिएका छन् । 

त्यतिमात्र नभएर भण्डारीले आफूले सिन्धुपाल्चोकमा समेत हत्या गरेको प्रहरीलाई बताएका छन् । 

यस्तै प्रहरीलाई चकित पार्ने बयान दिने भण्डारीको ब्रेन म्यापिङ् गरिएसँगै यो नेपालमै पहिलो पटक  गरिएको ब्रेन म्यापिङ हो ।  ब्रेन म्यापिङ कुनै पनि मानिसको मानसिक अवस्था कस्तो छ भनेर पत्ता लगाउन गरिन्छ ।

भण्डारी गत भदौ २९ गते काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

भण्डारीले उक्त फर्निचरमा कार्यरत दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाका १९ वर्षीय विशाल राईको हत्या गरेको प्रहरीले बताएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड