नेभिगेशन
सबै कुरा

खेल पूर्वाधारमा महानगरपालिकाको लगानी : सानो गौचरन स्टेडियम पुननिर्माण सुरु, उपप्रमुख डंगोलबाट शिलान्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण सुरु गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेकी हुन् ।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको सो स्टेडियमको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ । स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् । ‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।’ विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन् । 

City Express

वडामा स्टेडियम पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे । ‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ ।’ प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराए । 

स्टेडियममा ९६ मिटर लम्बाई र ६२ मिटर चौडाईको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिने बताइएको छ । त्यस्तै वरिपरि सिमा पर्खाल हुनेछ । उक्त स्टेडियममा २८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुने बताइएको छ ।


स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुने जनाइएको छ ।

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेश गरेका थिए । त्यसमध्येबाट छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने गरि सम्झौता भएको छ ।  

रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दाम क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...
कालीगण्डकी लोकमार्ग भाँसिएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा

कालीगण्डकी लोकमार्ग भाँसिएपछि एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा

लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको...
अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन...
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना...