नेभिगेशन
सबै कुरा

एमाले नेता लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग राख्दै सर्वोच्चमा रिट


काठमाडौँ । जापानमा मानव तस्करी प्रकणमा मुछिएर शंकास्पद सफाई पाएका कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त रिट निवेदन दर्ता गराएका हुन् । सरकारी वकिल कार्यायले गरेको मुद्दा नचलाउने निर्णय बदनियतपूर्ण भएकाले सो निर्णय बदर हुनुपर्ने त्रिपाठीको माग छ । 

City Express

नेकपा एमालेका तर्फबाट कोशी सरकारमा मन्त्री बनेका अधिकारी, जापानको टोकियो स्थित टोकियो आर्ट काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक १३ गते जापान उँडेका थिए । उनीसँगै खोटाङको केपिलासगढी गाउँपालिका–४ घर भई बूढानीलकण्ठ बस्ने जनक राई, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–११ बस्ने दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ घर भई मनमैजु बस्दै आएका  कञ्चन देवकोटा पनि जापान उडेका थिए । तर, जापानको अध्यागमनले उनीहरूको कागजपत्र शङ्कास्पद देखेपछि उनीहरू सबैको इन्ट्री रिफ्युज गर्दै ४८ घण्टासम्म अध्यागमनकै नियन्त्रणमा राखेर नेपाल फिर्ता पठाएको थियो । पछि मन्त्रीसँग गएका व्यक्तिहरुले जापान जानको लागि लाखौँ रकम बुझाएको खुलेको थियो । मन्त्री गएको कार्यक्रममा उनलाई कुनै निमन्त्रणा नरहेको पनि भेटिएको थियो । 

चर्को अलोचनापछि पक्राउ परेका एमाले नेता तथा पूर्वमन्त्री अधिकारी मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो । नेता अधिकारीले आफूलाई खर्च बेहोर्ने सर्तमा जापान लेजान्छु भनेपछि जान तयार भएको र अन्य व्यक्ति आफूसँगै गएकोबारे आफूलाई जानकारी नभएको बयानका क्रममा बताएका थिए । प्रहरीले अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएपनि उनलाई मुद्दा नचलाउने निर्णय भएको थियो । उनी मंसिर १० गते हिरासतमुक्त भएका छन् । 


सम्बन्धित समाचार:

जापानमा मानव तस्करी प्रकरणः एमाले नेता अधिकारीलाई जोगाएर ११ जनाविरुद्ध मानव तस्करी मुद्दा

मानव तस्करीमा मुछिएका एमालेका प्रदेशमन्त्री अधिकारीलाई जोगाउने प्रयास

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ...
पहिरोमा परी २ बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

पहिरोमा परी २ बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा...
काठमाडौँका चोक-चोकमा हाई मास्ट लाइट (तस्बिरहरु)

काठमाडौँका चोक-चोकमा हाई मास्ट लाइट (तस्बिरहरु)

अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दशैंअघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ । यसका साथै करिब...
माओवादीले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

माओवादीले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

“पार्टीभित्र एकता कायम गर्न र वर्तमान परिस्थितिको मागअनुरूप केन्द्रीय समिति भङ्ग गरी अध्यक्षकै संयोजनमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ...