नेभिगेशन
सबै कुरा

एमाले नेता लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग राख्दै सर्वोच्चमा रिट


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । जापानमा मानव तस्करी प्रकणमा मुछिएर शंकास्पद सफाई पाएका कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त रिट निवेदन दर्ता गराएका हुन् । सरकारी वकिल कार्यायले गरेको मुद्दा नचलाउने निर्णय बदनियतपूर्ण भएकाले सो निर्णय बदर हुनुपर्ने त्रिपाठीको माग छ । 

Ncell
Extreme Energy

नेकपा एमालेका तर्फबाट कोशी सरकारमा मन्त्री बनेका अधिकारी, जापानको टोकियो स्थित टोकियो आर्ट काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक १३ गते जापान उँडेका थिए । उनीसँगै खोटाङको केपिलासगढी गाउँपालिका–४ घर भई बूढानीलकण्ठ बस्ने जनक राई, खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–११ बस्ने दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ घर भई मनमैजु बस्दै आएका  कञ्चन देवकोटा पनि जापान उडेका थिए । तर, जापानको अध्यागमनले उनीहरूको कागजपत्र शङ्कास्पद देखेपछि उनीहरू सबैको इन्ट्री रिफ्युज गर्दै ४८ घण्टासम्म अध्यागमनकै नियन्त्रणमा राखेर नेपाल फिर्ता पठाएको थियो । पछि मन्त्रीसँग गएका व्यक्तिहरुले जापान जानको लागि लाखौँ रकम बुझाएको खुलेको थियो । मन्त्री गएको कार्यक्रममा उनलाई कुनै निमन्त्रणा नरहेको पनि भेटिएको थियो । 

चर्को अलोचनापछि पक्राउ परेका एमाले नेता तथा पूर्वमन्त्री अधिकारी मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो । नेता अधिकारीले आफूलाई खर्च बेहोर्ने सर्तमा जापान लेजान्छु भनेपछि जान तयार भएको र अन्य व्यक्ति आफूसँगै गएकोबारे आफूलाई जानकारी नभएको बयानका क्रममा बताएका थिए । प्रहरीले अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएपनि उनलाई मुद्दा नचलाउने निर्णय भएको थियो । उनी मंसिर १० गते हिरासतमुक्त भएका छन् । 


सम्बन्धित समाचार:

जापानमा मानव तस्करी प्रकरणः एमाले नेता अधिकारीलाई जोगाएर ११ जनाविरुद्ध मानव तस्करी मुद्दा

मानव तस्करीमा मुछिएका एमालेका प्रदेशमन्त्री अधिकारीलाई जोगाउने प्रयास

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई...
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।