नेभिगेशन
सबै कुरा

रवि लामिछानेको आजका लागि बयान सकियाे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । बिहिबार स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न काठमाडौँ ल्याइएको उनको शुक्रबार जिल्ला सरककारी वकिल कार्यालय काठमाडौँमा बयान लिइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान कार्यालय सुचारु हुनासाथ पुर्याइएको उनको बयान करिब ६ घण्टा लिइएको हो । बयान सकेर उनलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा लगिएको छ । 

Ncell
Extreme Energy

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगीमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ । 

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँमा बयान चलिरहेको छ । उनलाई काठमाडौँपछि चितवन लैजाने तयारी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले उक्त अवधिमा धान काट्ने तथा दशैंपछि आफ्नो कार्यस्थल फर्किने योजना बनाएकाहरूलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिएका...
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...