नेभिगेशन
सबै कुरा

केही महिनाभित्र आएको परिवर्तन र मेरोबारे गरेको टिप्पणी देख्दा गगन थापाप्रति दया लागेको छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न आफुले कांग्रेस सभापतिलाई आग्रह गरेको गगन थापाको टिप्पणी झुटो भएको स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले हप्तामा एकपटक कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको भन्ने गगन थापाको भनाइ शतप्रतिशत झुटो भएको स्पष्ट पारेका हुन् । 

Ncell
Extreme Energy

उनले आफुप्रति लगाएको झुटो आरोपको आत्मसमिक्षा गर्न थापालाई सुझाव समेत दिए । प्रचण्डले गगन थापासंग युवा नेताको रुपमा आफुले केही समयअघिसम्म सहकार्य गरेपनि अहिले केही महिनाभित्र थापामा आएको परिवर्तन र तल झरेर आफुप्रति गरेको टिप्पणी देख्दा आफुलाई थापा प्रति दया लागेको जिकिर गरे । उनले सरकारबाट बाहिर आएर जनतामा जाँदा नै सहज भएको भन्दै सरकार ८४ सम्म चलाउन कांग्रेस एमालेलाइ भनेको धारणा राखे । 

त्यस्तै उनले कीर्तिपुरमा चूनावी अभियानका क्रममा गगन थापाले हावादारी कुरा गरेको समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले उक्त अवधिमा धान काट्ने तथा दशैंपछि आफ्नो कार्यस्थल फर्किने योजना बनाएकाहरूलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिएका...
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...