नेभिगेशन
सबै कुरा

केही महिनाभित्र आएको परिवर्तन र मेरोबारे गरेको टिप्पणी देख्दा गगन थापाप्रति दया लागेको छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न आफुले कांग्रेस सभापतिलाई आग्रह गरेको गगन थापाको टिप्पणी झुटो भएको स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले हप्तामा एकपटक कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको भन्ने गगन थापाको भनाइ शतप्रतिशत झुटो भएको स्पष्ट पारेका हुन् । 

Ncell
Extreme Energy

उनले आफुप्रति लगाएको झुटो आरोपको आत्मसमिक्षा गर्न थापालाई सुझाव समेत दिए । प्रचण्डले गगन थापासंग युवा नेताको रुपमा आफुले केही समयअघिसम्म सहकार्य गरेपनि अहिले केही महिनाभित्र थापामा आएको परिवर्तन र तल झरेर आफुप्रति गरेको टिप्पणी देख्दा आफुलाई थापा प्रति दया लागेको जिकिर गरे । उनले सरकारबाट बाहिर आएर जनतामा जाँदा नै सहज भएको भन्दै सरकार ८४ सम्म चलाउन कांग्रेस एमालेलाइ भनेको धारणा राखे । 

त्यस्तै उनले कीर्तिपुरमा चूनावी अभियानका क्रममा गगन थापाले हावादारी कुरा गरेको समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् ।
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई...
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।