नेभिगेशन
सबै कुरा

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट  सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए ।

Ncell
Extreme Energy

घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए । 

जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले  नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिए । सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए। उनले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई...
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...