नेभिगेशन
सबै कुरा

विश्व एड्स दिवसः सङ्क्रमित भन्छन्,“नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”

काठमाडौँ । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उनीमा एचआइभी देखिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्क्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उनी लागुऔषधबाट मुक्त हुन सकेनन् । २०६३ सालमा एक पुनःस्थापना केन्द्रको सहयोगमा उनी  दुर्व्यसनीबाट मुक्त भए । त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भइ सङ्क्रमितका हितमा वकालत तथा परामर्श दिँदै आएको छ । एचआइभी सङ्क्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको सङ्क्रमित सँग धेरै अनुभव छन् । 

Ncell
Extreme Energy

२३ वर्ष अघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उनी उपचारका लागि अस्पताल पुग्दा रिपार्टमा सङ्क्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लाष्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए । जसले गर्दा उनको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआइभी सङ्क्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउँछन् । उनी भन्छन्, “मलाई सङ्क्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिले भन्दा निकै कम छ ।” उनकाअनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआइभी सङ्क्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उनी भन्छन्, “एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरु कसैमा पनि सङ्क्रमण छैन ।”

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहेका उनले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताए । सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।

२६ वर्षीया यशोदा तिमिल्सिना एचआइभी सङ्क्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै सङ्क्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आएका छन् । उनको सुझाव छ,“पहिले यो रोगलाई प्राणघातकको रुपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । सङ्क्रमण हुने वित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकी लामो जीवनयापन गर्न औषधि उपलब्ध छन् । ” राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । 

सन् २०२३ मा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै दुई सय २१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा सूईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरु छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूह भन्दा उच्च छ ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थावारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...