नेभिगेशन
सबै कुरा

नेपालगञ्जमा सामान्य बन्दै जनजीवन

नेपालगञ्ज : नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।  

यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कफ्र्यू कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।

Dish Home
Global Ime Bank

उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको हो । जसले गर्दा विद्यालय र कलेज सञ्चालनमा आएका छन् भने बजारमा पनि केही पसल खुलेका छन् । 

जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ । 

दिउँसो कर्फ्यु हटे पनि उपमहानगरपालिका क्षेत्रभित्र बिहान १० देखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन । साथै हूलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’

भिजिट भिसामा कांग्रेस सचेतकको विवादास्पद टिप्पणी, ‘जान मन लाग्ने गए, मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन’

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका...
महेश बर्तौलाको आरोप, ‘संघीय निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो’

महेश बर्तौलाको आरोप, ‘संघीय निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको  अन्तरिम आदेश

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि...

भर्खरै