नेभिगेशन
सबै कुरा

‘रास्वपा सभापतिमाथि राजनीतिक प्रतिशोधको जवाफ काठमाडौंका जनताले ब्यालेटबाट दिए’: रोजिना श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिका १६ को उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन् । सोमबार बिहान सकिएको मतगणनामा उनी निकटतम प्रतिस्पर्धी भन्दा ६ सय बढी मतान्तरले निर्वाचित भएकी हुन् । काठमाडौंको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ७ लाई प्रतिनिधित्व गर्ने सिंगै वडामा निर्वाचित भएपछि वडा अध्यक्ष श्रेष्ठले वडाका सबै जनताप्रति धन्यवाद ज्ञापन गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरासँग कुरा गर्दै उनले आफूलाई भोट दिने र नदिने भनी कसैलाई भेदभाव नगर्ने बताइन । उनले रास्वपा सभापतिमाथिको राजनीतिक प्रतिशोधको जवाफ जनताले ब्यालेटबाट दिएको पनि प्रस्ट्याइन् । 

Ncell
Extreme Energy

‘मलाई यहाँका जनताले ठूलो जिम्मेवारी सुम्पिनु भयो । म यो जिम्मेवारीको भारी कसैप्रति भेदभाव नगरी पुरा गरेर देखाउने छु । जनतालाई निराश बनाउँदिन,’ उनले भनिन् ‘रास्वपा सभापतिमाथि राजनीतिक प्रतिशोधको जवाफ काठमाडौंका जनताले ब्यालेटबाट दिए ।’ 

नवनिर्वाचित वडाअध्यक्ष श्रेष्ठले आफूले यहाँका जनतालाई दलका सदस्यका रुपमा व्यवहार नगर्ने पनि प्रष्ट पारिन । ‘मलाई भोट दिने, नदिने भनेर म भेदभाव गर्ने छैन, सबैप्रति समान व्यवहार गरिने छ । वडा १६ लाई नमूना बनाउन काम हुनेछ’ उनले भनिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११...
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्‍याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीले काठमाडौं उपत्यकाका...
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...