नेभिगेशन
सबै कुरा

‘रास्वपा सभापतिमाथि राजनीतिक प्रतिशोधको जवाफ काठमाडौंका जनताले ब्यालेटबाट दिए’: रोजिना श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिका १६ को उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन् । सोमबार बिहान सकिएको मतगणनामा उनी निकटतम प्रतिस्पर्धी भन्दा ६ सय बढी मतान्तरले निर्वाचित भएकी हुन् । काठमाडौंको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ७ लाई प्रतिनिधित्व गर्ने सिंगै वडामा निर्वाचित भएपछि वडा अध्यक्ष श्रेष्ठले वडाका सबै जनताप्रति धन्यवाद ज्ञापन गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरासँग कुरा गर्दै उनले आफूलाई भोट दिने र नदिने भनी कसैलाई भेदभाव नगर्ने बताइन । उनले रास्वपा सभापतिमाथिको राजनीतिक प्रतिशोधको जवाफ जनताले ब्यालेटबाट दिएको पनि प्रस्ट्याइन् । 

Ncell
Extreme Energy

‘मलाई यहाँका जनताले ठूलो जिम्मेवारी सुम्पिनु भयो । म यो जिम्मेवारीको भारी कसैप्रति भेदभाव नगरी पुरा गरेर देखाउने छु । जनतालाई निराश बनाउँदिन,’ उनले भनिन् ‘रास्वपा सभापतिमाथि राजनीतिक प्रतिशोधको जवाफ काठमाडौंका जनताले ब्यालेटबाट दिए ।’ 

नवनिर्वाचित वडाअध्यक्ष श्रेष्ठले आफूले यहाँका जनतालाई दलका सदस्यका रुपमा व्यवहार नगर्ने पनि प्रष्ट पारिन । ‘मलाई भोट दिने, नदिने भनेर म भेदभाव गर्ने छैन, सबैप्रति समान व्यवहार गरिने छ । वडा १६ लाई नमूना बनाउन काम हुनेछ’ उनले भनिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।

भर्खरै