नेभिगेशन
सबै कुरा

इजरायलको बङ्करबाट नेपाली विद्यार्थीहरुको चित्कार : आफ्नै छोराछोरी सम्झेर उद्धार गरिदिनुहोस्

काठमाडाैँ :समस्याग्रस्त इजरायलको बङ्करबाट एक नेपाली विद्यार्थीले आफूहरुलाई जतिसक्दो चाँडो उद्धार गर्न हारगुहार गरेको भिडियो सार्वजनिक भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

भिडियोमा ति युवक अँध्यारो कोठाभित्र छन, जसका कारण उनको अनुहार भने देखिएको छैन । वरिपरि अन्य साथी समेत बोलेको सुनिन्छ । उनले आफू सुदुरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न प्रोग्राम’अन्तर्गत इजरायल आएको बताउँछन् । उक्त विश्वविद्यालयबाट इजरायल गएका ४९ जनामध्ये आफूहरु ११ जना सँगै एउटै बङ्करमा रहेको उनले बताएका छन् । 

उनका अनुसार एक्कासी प्यालेस्टाइनले इजरायलमा आक्रमण गरेपछि ४९ जना विद्यार्थीहरु ६ समूहमा बाँडिएका थिए । सुरुमा अवस्था त्यस्तो भयावह नभएपनि केही समयपछि उनका साथी विपिन जोशीले एक्कासी रगताम्मे भएको तस्विर पठाएर आफूलाई बचाउन आग्रह गरे ।  त्यतिबेलासम्म बाहिर निस्कन नसक्ने अवस्था बनिसकेको थियो । त्यसपछि आफूहरुले एनआरएनएलाई सम्पर्क गरेर एम्बुलेन्स पठाउँदा उनी सम्पर्कमा आउन नसकेको उनी बताउँछन् । 

उनी भन्छन्, ‘प्रत्येक घण्टाघण्टामा साथीहरुले पानी पानी भन्दै सम्पर्क गर्थे, मलाई बचाउ, मलाई गोली लाग्यो भन्दै कल गर्थे, त्यस्तो अवस्था हामै साथीलाई हुँदापनि हामी हेरेर अनि सुने बस्न सिवाए केही गर्न सकेनौँ ।’

त्यस्तै नेपाली समयअनुसार शनिबार बिहान ७ बजेदेखि दक्षिण इजरायलको एक बङ्करमा लुकेर रहेका उनीसहित ११ उनका साथीहरुले खानसमेत नपाएको उक्त भिडियो उल्लेख छ । ‘म सहित ११ जना साथीहरुले खानसमेत पाएका छैनौँ । पानीमात्र छ हामीसँग । बस्ने ठाउँमा चिसो छ एकदम । सायद त्यहि चिसोले गरेर हाम्रो स्वास्थ्य समेत बिग्रेर गएको छ । सबैलाई पखाला लागिसकेको छ । यस्तो समस्या छ भनेर सरकारलाई राजदूतावासलाई फोन गर्दा, हुन्छ हामी गर्छौँ, नआत्तेऊ भन्दै आश्वासन मात्रै दिनुहुन्छ । ’ भिडियोमा देखिएका ती युवा भन्छन् । 

त्यस्तै ति युवाले नेपालका सरोकारवाला निकायले बारम्बार झुटो आस्वासन मात्र दिएको तर आश्वासनले मात्र आफूहरुको ज्यान बच्न नसक्ने बताएका छन् । ‘यस्ता झुटो आश्वासनले मात्र हाम्रो ज्यान जोगिन्छ  कि जोगिँदैन भन्ने कुरा हजुरहरुले पनि बुझिदिनुपर्यो । नेपालमा रहेका नेपालीहरुले पनि परराष्ट्र मन्त्रालयलाई कस्तो दबाब दिएर हुन्छ, हाम्रो उद्दार गर्नुपर्यो ।’, उनले भनेका छन् । 

त्यस्तै उनले सरोकारवाला निकायका सबै पदाधिकारीहरुले आफूहरुलाई त्यहाँ पढ्न गएका विद्यार्थीमात्र त हुन् भन्ने सोच राखेर हैन, आफ्नै छोराछोरी सोचेर जतिसक्दो उद्दार गरिदिन आग्रह समेत गरेका छन् ।  

अहिले इजरायल र प्यालेस्टाइनी समूह हमासले स्थल, हवाई र समुद्रीबाटो प्रयोग गरि लडिरहेका छन् । हमासले शनिबार बिहान २० मिनेटमा ५ हजार रकेट इजरायलको मध्य दक्षिणी क्षेत्रमा खसालेको थियो । त्यसपछि तारजाली सहितका पर्खालमा डोजर चलाएर भत्काउँदै अघि बढेका थिए भने प्यारासुटबाट समेत इजरायल छिरेका छन् । 

प्यालेस्टाइनले इजरायलमा गरेकाे हमलामा परि हालसम्म १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।