नेभिगेशन
सबै कुरा

रविको हिरासत डायरी कास्की प्रहरीले गायब बनायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमा लेखेको डायरी कास्की प्रहरीले जफत गरेको छ। आफू पक्राउ परेदेखि नै दैनिक डायरी लेख्ने गरेका लामिछानेको डायरी उनलाई चितवनबाट पोखरा लैजाने क्रममा कास्की प्रहरीले गायब पारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ र चितवन बयानका क्रममा समेत लामिछानेले डायरी आफूसँगै बाेकेका थिए। बुधबार मध्यरात चितवनबाट पोखरा लैजाँदा पनि लामिछानेले झोलामा डायरी, किताब र कपडाहरु बोकेका थिए। तर, प्रहरीले पोखरा पुर्याएर लामिछानेलाई झोला बुझाउँदा भने डायरी गायब बनाएकाे स्वकीय सचिव अविनाश आचार्यले बताए।  

Extreme Energy
citizen life

बुधबार मध्यराति एकाएक चितवनबाट पोखरा लगेपछि लामिछानेले आफूले हिरासतमा रहँदा लेख्ने गरेको डायरी खोजेका थिए । पोखरा हिरासतमा पुगेपछि प्रहरीले दिएको झोला खोल्दा त्यहाँ सो डायरी नभएको भन्दै लामिछानेले गुनासो गरेको लामिछानेका स्वकिय सचिव अविनाश आचार्यले बताए। ‘उहाँले कास्की हिरासत पुर्याएदेखि नै आफूले दैनिक लेख्ने गरेको डायरी खोजिरहनु भएको छ । तर, प्रहरीहरुले भने दिएका छैनन्। बिहानैदेखिनै तपाईँको डायरी फिर्ता दिन्छौँ भनेर अल्झाउने गरेका छन्,’ लामिछानेलाई उदृत गर्दै आचार्यले भने। 

लामिछानेलाई पोखरा पुर्याएको एक दिन बित्न लाग्दा समेत प्रहरीले डायरी फिर्ता दिएको छैन। लामिछानेले डायरी खोजेपछि कास्की प्रहरी प्रमुख तथा जिम्मेवार अधिकारीहरुले लामिछानेलाई नभेटेकाे आचार्यले बताए।

उनकाअनुसार लामिछानेले आफूले आफ्नो जीवनको भोगाई, हिरासतको जीवन, पार्टीको रणनीति, महत्वपूर्ण टिप्पणीहरु उक्त डायरीमा लेखेका थिए । लामिछानेले हिरासतमै रहँदाको पुस्तक प्रकाशनको तयारी गरिरहेका थिए। 

हिरासतमा रहेका चाैथाे ठूलाे दलका सभापतिकाे डायरी हराएकाे प्रकरणमा कास्की प्रहरीले भने गैरजिम्मेवार जवाफ दिएकाे छ। रविकाे डायरीबारे सिधाकुराकाे प्रश्नमा कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले लामिछानेका पुस्तक र डायरी नचलाएको बताए । 'उहाँकाे किताब र डायरीहरु हामीले चलाएका छैनाैँ,' प्रवक्त्ता शर्माले भने,'त्यस्ताे गर्न मिल्दैन र हामी गर्दैनाैँ पनि ।' 

लामिछानेलाई कास्की प्रहरीकाे अनुराेधमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआाईबी) ले कात्तिक २ गते पक्राउ गरेकाे थियाे । उनीमाथि राजनीतिक प्रतिशाेध साँधिएकाे भन्दै रास्वपा निरन्तर आन्दाेलनमा छ। लामिछाने ४८ दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई यस अवधिमा उनलाई रुपन्देही, काठमाडाैँ र चितवनमा समेत प्रहरीले बयानका लागि पुर्याएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...
कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।