नेभिगेशन
सबै कुरा

रविको हिरासत डायरी कास्की प्रहरीले गायब बनायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमा लेखेको डायरी कास्की प्रहरीले जफत गरेको छ। आफू पक्राउ परेदेखि नै दैनिक डायरी लेख्ने गरेका लामिछानेको डायरी उनलाई चितवनबाट पोखरा लैजाने क्रममा कास्की प्रहरीले गायब पारेको हो ।

काठमाडौँ र चितवन बयानका क्रममा समेत लामिछानेले डायरी आफूसँगै बाेकेका थिए। बुधबार मध्यरात चितवनबाट पोखरा लैजाँदा पनि लामिछानेले झोलामा डायरी, किताब र कपडाहरु बोकेका थिए। तर, प्रहरीले पोखरा पुर्याएर लामिछानेलाई झोला बुझाउँदा भने डायरी गायब बनाएकाे स्वकीय सचिव अविनाश आचार्यले बताए।  

बुधबार मध्यराति एकाएक चितवनबाट पोखरा लगेपछि लामिछानेले आफूले हिरासतमा रहँदा लेख्ने गरेको डायरी खोजेका थिए । पोखरा हिरासतमा पुगेपछि प्रहरीले दिएको झोला खोल्दा त्यहाँ सो डायरी नभएको भन्दै लामिछानेले गुनासो गरेको लामिछानेका स्वकिय सचिव अविनाश आचार्यले बताए। ‘उहाँले कास्की हिरासत पुर्याएदेखि नै आफूले दैनिक लेख्ने गरेको डायरी खोजिरहनु भएको छ । तर, प्रहरीहरुले भने दिएका छैनन्। बिहानैदेखिनै तपाईँको डायरी फिर्ता दिन्छौँ भनेर अल्झाउने गरेका छन्,’ लामिछानेलाई उदृत गर्दै आचार्यले भने। 

लामिछानेलाई पोखरा पुर्याएको एक दिन बित्न लाग्दा समेत प्रहरीले डायरी फिर्ता दिएको छैन। लामिछानेले डायरी खोजेपछि कास्की प्रहरी प्रमुख तथा जिम्मेवार अधिकारीहरुले लामिछानेलाई नभेटेकाे आचार्यले बताए।

उनकाअनुसार लामिछानेले आफूले आफ्नो जीवनको भोगाई, हिरासतको जीवन, पार्टीको रणनीति, महत्वपूर्ण टिप्पणीहरु उक्त डायरीमा लेखेका थिए । लामिछानेले हिरासतमै रहँदाको पुस्तक प्रकाशनको तयारी गरिरहेका थिए। 

हिरासतमा रहेका चाैथाे ठूलाे दलका सभापतिकाे डायरी हराएकाे प्रकरणमा कास्की प्रहरीले भने गैरजिम्मेवार जवाफ दिएकाे छ। रविकाे डायरीबारे सिधाकुराकाे प्रश्नमा कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले लामिछानेका पुस्तक र डायरी नचलाएको बताए । 'उहाँकाे किताब र डायरीहरु हामीले चलाएका छैनाैँ,' प्रवक्त्ता शर्माले भने,'त्यस्ताे गर्न मिल्दैन र हामी गर्दैनाैँ पनि ।' 

लामिछानेलाई कास्की प्रहरीकाे अनुराेधमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआाईबी) ले कात्तिक २ गते पक्राउ गरेकाे थियाे । उनीमाथि राजनीतिक प्रतिशाेध साँधिएकाे भन्दै रास्वपा निरन्तर आन्दाेलनमा छ। लामिछाने ४८ दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई यस अवधिमा उनलाई रुपन्देही, काठमाडाैँ र चितवनमा समेत प्रहरीले बयानका लागि पुर्याएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...