नेभिगेशन
समाज

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा दिउँसो २ बजे हुनेछ।

Ncell
Extreme Energy

असोज १८ देखि २२ गतेसम्म महाधिवेशनका विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। असोज १९ र २० गते बन्द सत्र तथा अन्य कार्यक्रम हुनेछन् भने असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशन प्रतिनिधिको दर्ता असोज १६ र १७ गते हुनेछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १५ गते तोकिएको छ।

देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको समितिले जनाएको छ। बाँकी प्रक्रिया पार्टीसँगको समन्वयमा निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने समितिले जनाएको छ।

WhatsApp-Image-2026-09-29-at-19.05.16-1790688213.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।