नेभिगेशन
सबै कुरा
रविलाई भेटेपछि बाबुरामले भने

‘सरकार र तीन ठूला टाउका सहकारी प्रकरणमा जनतालाई ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई तर्साउने गरिरहेका छन्’

पोखरा। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमै पुगेर भेट गरेका छन् । शुक्रबार बिहान लामिछानेलाई भेटेर बाहिरिने क्रममा डा‍.भट्टराईले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले सहकारीको विषयलाई विषयान्तर गर्ने प्रयास स्वरुप रविमाथि प्रतिसोधपूर्ण व्यवहार गरेको पनि उनले बताए। रवि लामिछानेलाई हिरासतबाट भेटेर बाहिरिने क्रममा भट्टराईले सञ्चारकर्मीसँग दिएको प्रतिक्रियाको सम्पादित अंस यस्तो छ। 

Ncell
Extreme Energy

हिम्मत नै गरेर रविजीलाई भेट्न आएको हुँ । हिम्मत त सँधै  गरियो नि । व्यवस्थाविरुद्ध विद्रोह गर्दै आएको मान्छे हुँ म । पञ्चायतसँग लडियो बहुदलसँग लडियो, प्रचण्डजीसँगै गणतन्त्रका लागि पनि लडियो । रविजीलाई हामीले सुरु गरेको नयाँ राजनीतिक शक्तिको शसक्त धारको प्रतिनिधित्व गर्ने व्याक्ति हो । 

हामीले नयाँ शक्ति अभियान सुरु गरेपछि जुन नयाँ राजनैतिक शक्ति उदय भइरहेको छ ती मध्येको उहाँको एक धार हो । त्यसैले उहाँप्रति मेरो सँधै सद्भाव छ। तर, अहिले उहाँलाई विभिन्न तरिकाले एकपछि अर्को गरेर दुःख दिने काम भइराखेको छ।

यो अलिक अश्वभाविक र अन्यायपूर्ण भो भनेर नै मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हुँ । उहाँको स्वास्थ्य कस्तो छ बनेर बुझ्नलाई पनि म आएँ । उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तथापि यो त अलिक प्रतिशोधपूर्ण नै भयो भन्ने मैले बुझ्छु। 

अर्को पाटो चाहीँ, यो सहकारी सम्बन्धी  समस्या छ । त्यसको जरो धेरै फैलिएको छ। पछिल्लो ३० वर्षदेखि पालैपालो सत्तामा रहेका मुख्य तीन दलका तीनवटा नेताहरु र तिनकै वरिपरि नै बढि अपचलन भइराखेको छ। त्यो समस्या हल नगर्दा पचासौँ लाख साना बचतकर्ताहरु मर्कामा परेका छन् । त्यसैले तिनको समस्या समाधान हुनुपर्यो ।

अहिले यो कुरालाई अल्झाइ राख्ने र त्यसलाई विषयान्तर गर्न रवि प्रकरण घटाइएको त होइन भन्ने आशंका उब्जिएको छ । कानुनले आफ्नो बाटो लियोस्, हामीले कानुन संविधानलाई मान्नुपर्छ तर त्यसको बहानामा यतापट्टि राजनैतिक प्रतिशोध लिने उतापट्टि जो सहकारी पीडित हो उनीहरुको पनि समस्या हल नहुने गर्दा यीनै जो तीन टाउकाहरु हुन्, उनीहरुले त जनतालाई पनि ठग्ने र आफ्ना प्रतिस्पर्धीलाई पनि तर्साउने र देशलाई बर्वादीतिर लान्छन् की भन्ने चिन्ता चाहीँ हो । 

रविले पनि ममाथि राजनीतिक प्रतिशोध लिइएको भन्नु भएको छ । मैले त सहयोग गरिरहेकै छु, गर्छु त्यसका बाबजुतपनि यो जे भइरहेको छ त्यो बाहिर जनतासम्म पुगोस् भन्नुभएको छ। यस्तै उहाँले म सँँधै सत्य र न्यायको पक्षमा लडेको हुनाले कसैमाथि पनि अन्याय हुन्छ भने मचाहीँ बोल्छु, सत्य कुरा भन्छु भन्नु भयो । उहाँले वैधानिक कानुन मान्छौँ, नियम कानुन पनि मान्नुपर्छ भनेर अनुसन्धानलाई सघाइरहेको, साथीहरुलाई पनि बाहिर आन्दोलन नगर्न भनेको छु भनेर उहाँले भन्नुभयो ।

मैले चाहीँ उहाँलाई आफ्नो तर्फबाट पुरा ऐक्यबद्धता जनाएको छु। म के भन्न चाहान्छु भने यो सहकारी पीडितको विषयलाई विषयान्तर गराइँदै छ । सरकारले राजनीतिक प्रतिशोध साँधेर विषयलाई एकापटि मोडेका छन् त्यसका विरुद्ध पनि लड्नुपर्छ, सँगसँगै जुन साना बचतकर्ता छन् उनीहरुको त बेहाल भएको छ । उनीहरु त आत्महत्या गर्ने अवस्थामा पुगेका छन् ।

त्यो चाहीँ समाधान गर्नुपर्दैैन ? राज्यले त तुरुन्तै उनीहरुको पक्षमा काम गर्नुपर्यो नि । म अर्थमन्त्री हुँदाखेरी ३० हजार भन्दा मुनिका सबैको ऋण मिनाहा र एक लाख भन्दा कम ऋण लिएकाहरुको ब्याज मिनाहा गरेर ३ लाख ऋणीहरुलाई मैले सहयोग गरेको थिएँ । अहिले सहकारीको केसमा पनि राज्यले चाह्यो भने त गर्न सक्छ ।

सबै गर्न नसक्ला तर साना बचतकर्तालाई त राज्यले राहत दिनेगरि व्यवस्था मिलाउनुपर्यो नि । यति गरिसकेपछि बल्ल राज्यले जसले अपचलन गरेका छन् तिनको सम्पत्ति जफत गरेर पछि राज्यले लिए भयो नि । नत्र यो मुद्दा लगाएर राज्यले यो समाधान गर्ने बेलासम्म त आधा बचतकर्ताले आत्महत्या गरेर मरिसक्छन् ।

त्यस्तो अवस्थामा पुगिसकेका छन् मान्छेहरु । त्यहि भएर यसको समाधान गर्नपर्यो, यतातर्फ पनि ध्यान पुगोस र यो विषयान्तर नहोस् भन्ने मेरो विषेश आग्रह छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा उठेका विषयको तत्कालै सम्बोधनका लागि संयन्त्रलाई सक्रिय बनाएको छ ।
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।