नेभिगेशन
सबै कुरा

सरकारको प्रत्यक्ष निर्देशनमा रवि लामिछानेलाई हिरासतमा अपराधीजस्तो व्यवहार गरिनु निन्दनीय छ : रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि हिरासतमा अपराधीजस्तो व्यवहार भएको बताएको छ । सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीले आपत्ति जनाउँदै मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार एक विज्ञप्ती निकाल्दै पार्टीले रवि लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याउनु आपत्तिजनक रहेको बताएको छ । त्यस्तै सरकारको प्रत्यक्ष निर्देशनमा सो कार्य भएको भन्दै रास्वपाले सरकारको उक्त कदम आश्चर्यजनक, निकृष्ट र निन्दनीय भएको जनाएको छ । 

त्यस्तै पार्टीले हिरासतमा रहेका सभापति लामिछानेमाथि सरकारले चालेका गैरन्यायिक कदमको राज्यले औचित्य पुष्टि  गर्नुपर्ने बताउँदै त्यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

अनुसन्धानमा सघाइरहेको जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८,  धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको पार्टीले जनाएको छ । त्यस्तै कानुनको उल्लङघन गर्नेहरुमाथि कानुनी प्रावधान बमोजिम कारवाही गर्न रास्वपाको माग छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...