नेभिगेशन
सबै कुरा

सरकारको प्रत्यक्ष निर्देशनमा रवि लामिछानेलाई हिरासतमा अपराधीजस्तो व्यवहार गरिनु निन्दनीय छ : रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि हिरासतमा अपराधीजस्तो व्यवहार भएको बताएको छ । सभापति लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीले आपत्ति जनाउँदै मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एक विज्ञप्ती निकाल्दै पार्टीले रवि लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याउनु आपत्तिजनक रहेको बताएको छ । त्यस्तै सरकारको प्रत्यक्ष निर्देशनमा सो कार्य भएको भन्दै रास्वपाले सरकारको उक्त कदम आश्चर्यजनक, निकृष्ट र निन्दनीय भएको जनाएको छ । 

Ncell
Extreme Energy

त्यस्तै पार्टीले हिरासतमा रहेका सभापति लामिछानेमाथि सरकारले चालेका गैरन्यायिक कदमको राज्यले औचित्य पुष्टि  गर्नुपर्ने बताउँदै त्यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

अनुसन्धानमा सघाइरहेको जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८,  धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको पार्टीले जनाएको छ । त्यस्तै कानुनको उल्लङघन गर्नेहरुमाथि कानुनी प्रावधान बमोजिम कारवाही गर्न रास्वपाको माग छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

रास्वपा सचेतक धितालले यी दुई विषयमा सरकारलाई दिइन् धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको विषय र पछिल्लो बाढीमा जनधनको ठूलो क्षति हुन नदिन अपनाएको सावधानीका लागि सरकारलाई...
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।