नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा फसेका शुरज भण्डारीको प्रधानमन्त्रीलाई पत्र : प्रधानमन्त्री ज्यू ! आत्मबल घट्दै छ, युद्धमा ज्यान गुमाउन मन छैन, देश फर्कादिनुस् ।

२२ असोज, काठमाडौं । इजरायलमा भएको प्यालेस्टाइन हमलाका कारण फसेका शुरज भण्डारीले उद्धार गरिदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेखेका छन् । उनले पत्रमा कृषि तथा वन विज्ञान विश्वविद्यलयबाट स्नातक सकिनै लागेका ११४ जना विद्यार्थी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘११ महिनामा यस देशबाट केही सिप लियर नेपाल फर्किएर केही गर्ने हाम्रो सपनाको भत्कदै गएको छ । हाम्रो आत्मबल घट्दै गईराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौँ, अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आकाशमा चरा उडेको देखेका हामी, आज मिसाईल र फइटर प्लेन देख्नुपरेको छ । तिहारमा खुशिका साथ पटका हेरेर रमाउने हामी आज आफू अगाडि बन्दुक पड्किरहेको देखेर त्रसित छौँ । बङकरमा लुक्यो भने भित्रै छिरेर आक्रमण भईराखेको छ ।’ उनले लेखेका छन् । 

Ncell
Extreme Energy

उनले लुकेर बस्दा खाना पानीको समस्या भोग्नुपरेको बताएका छन् । बाहिर शौचालय जान डर भएकोले पानी समेत खान नसकेको उनले उल्लेख गरेका छन् । ‘नखाउँ भने भोक र पयास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनी सबैतिरबाट भईरहेको छ । बिभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो लामो छ, हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।’ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘आदरणीय प्रधानमन्त्री ज्यू, अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस्, हामी देशमा नै रमाउने छौँ ।’


आज विहान इजरायलमै उद्धारको पर्खाइमा रहेका बिपिन सुवेदीले पनि भिडियो सन्देश पठाउँदै उद्धारको माग गरेका थिए । उनले उद्धारको पर्खाइमा साथीको ज्यान गईसकेको उल्लेख गर्दै आफू लगायत साथीहरुको उद्धार गरिदिन अपिल गरेका छन् ।  उनको भिडियो सन्देश यस्तो छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।