नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

कसरी पत्याऊँ छोरो ज्युँदो छैन, शरीरको एक टुक्रो भएपनि देख्न पाउँ : इजरायलमा ज्यान गुमाएका गणेशका बा

बझाङ : केही दिनदेखि बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर भुकम्प र त्यसका पराकम्पन आइरहेका थिए । लगातार आइरहेका पराकम्पनले जयपृथ्वीबहादुर नगरपालिका- ११ का धनलाल आउजीको घर मात्रै होइन मन पनि थिर थिएन ।


 टिकापुरमा कृषि पढ्दै गरेका उनका कान्छा छोरा गणेश नेपाली गत भदौ २५ गते अध्ययनकै लागि इजरायल उडेका थिए । क्याम्पसबाटै पढ्दै कमाउँदै गर्न पाइन्छ बा १ भन्दै उडेका गणेशले शुक्रबार फोन गरेका थिए । गणेशले बाबुलाई भुकम्प आइरहेको छ, सुरक्षित बस्नु भनेका थिए । 

त्यसैका बिच शनिबार साँझ बीबीसीले एउटा दुखदः खबर सुनायो । उक्त खबर थियो, इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको बमबारी । इजरायल सुन्ना  साथ धनलालको मन चिसो नभएको होइन, तर अन्यत्र होला भनेर सुते । 

भोलिपल्ट अर्थात आइतबार बिहानैदेखि छोरासँग कुरा गर्न खोजे पनि सम्पर्क भएन । साँझसम्म त सबैतिर गणेशको मृत्युको समाचार आयो । गाँउलेहरुले उनलाई खबर सुनाए । “हामीलाई सुरक्षित बस्नु भनेको छोरो आफू कहिल्यै नबोल्ने गरि गइसकेछ”, धनलाल भक्कानिए ।


धनलाल अझै पनि छोरो ज्युँदो छैन भन्ने समाचारको विश्वास गर्न सकिरहेका छैनन् । इजरायलमा छोरोको मृत्यु भएको खबर पाएका धनलालले आफ्नो मुटुको टुक्रा खसेको बताउँछन् । ‘बच्चालाई यहाँ पाउन सकुँला नसकुँला, उसको शरीरको एउटा टुक्रा भएपनि आफ्नो कलेजीको टुक्रा हो, देख्न पाए हुन्थ्यो ।’, धनलालको गला सुकेको छ । 

त्यस्तै गणेशले शुक्रबार साँझ, दाइ विकासलाई पनि फोन गरेका थिए । “काम सिस्टमा हुने रहेछ, राम्रो छ भन्दा गणेशको अनुहारमा खुशी झल्किएको थियो”, विकास सम्झिन्छन् । 


कृषि सङ्कायको आठौँ सेमेस्टर पढ्दै गरेका गणेश भदौ २५ गते मात्रै इजरायलको ‘लर्न एण्ड अर्न’ अर्थात काम गर्दै सिक्दै भन्ने कार्यक्रमका लागि ३ लाख ऋण गरेर इजरायल पुगेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौं सेमेस्टरका ४९ जना विद्यार्थी एक महिनाअघि मात्रै प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘ लर्न एन्ड अर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । जसमध्ये हालसम्म १० जनाकाे निधन भइसकेकाे छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, यस्तो छ अवरोधको कारण

यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए । यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने...
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...