नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

कञ्चनपुर : इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको  छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार  छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो ।

शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा सुर्ताएकी छिन् । “छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, उ कस्तो अवस्थामा छ केही थाहा छैन,” पदमाले भनिन्,“चाँडोभन्दा चाँडो छोरालाई खोजेर घर ल्याउनुपर्यो ।” शिक्षण पेशामा र्सलग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए।

City Express

आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउँछिन्। बाबु शिक्षणको क्रममा बझाङमा छन् । आमा र छोरी  मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् ।

छोरा सम्पर्कमा नआएपछि पदमा सम्हालिन सकेकी छैनन्  । “शनिबार भिडियो  कल भएको थियो, खाना खाँदैछु, आक्रमण हुनसक्ने भएकाले बङ्करमा लुक्न सूचना जारी भइरहेको छ भनेर भाइले भन्दै थियो,” विपिनका दाइ किशोरले भने, “त्यसपछि कुरा भएको छैन, उतायता फोन गरेका गर्यै छौँ, केही पत्तो लागेको छैन ।”

विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल थिए। शनिबारदेखि बेपत्ता रहेका उनको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ । 

इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा दस नेपाली विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट दुई चरणमा गरेर ४९ विद्यार्थी इजरायल गएका थिए ।

शनिबार बिहानदेखि इजरायलमा निरन्तर आक्रमण भइरहेको छ । इजरायलमा अध्ययनका लागि दुई सय ६५ नेपाली विद्यार्थी रहेकामा ४९ जना टीकापुर कृषि क्याम्पसका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा छन् ।  यस क्षेत्रमा हमास समूहले आतङ्कवादी आक्रमण जारी राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको...
फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३...
कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा मिथानोल मिसिएको मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको कुवेतस्थित सञ्चारमाध्यमहरुले जनाएको छन् । जस मध्ये १६ जना नेपाली रहेको पत्रकार महासंघ कुवेत शाखाले जनाएको छ ।...
कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतमा विषाक्त मदिरा पिएका ९ जना नेपालीको मृत्यु, १५ जना अस्पतालमा

कुवेतस्थित नेपाली दूतावासका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्लो तीनदिनमा मृत्युभएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भैरहेको जनाइएको छ...

भर्खरै