नेभिगेशन
सबै कुरा

रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन्ः 'रवि माथिकाे राज्य आतङ्कविरुद्ध एकजुट हौँ '

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । शनिबार दिउँसो हिरासतमा पुगेर रविलाई भेटेका शाहीले चितवन प्रहरीले लामिछानेलाई अमानवीय व्यवहार गरेको बताए ।

साथै शाहीले रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको बताए । उनले भने ‘प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपथ्र्यो । किनभने अरु पनि छन् सहकारीमा । कानूनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ । यो चाहिँ खेद प्रकट गर्छु ।’ 

साथै शाहीले मध्यरातमा मदिरा सेवन गरेका प्रहरीले लामिछानेलाई दुव्यवहार गरेको बताएका छन् । हिरासतमा लामिछानेसँगको भेटमा मापसे गरेको प्रहरीले आफूलाई दुव्यवहार गरेको बताएको उल्लेख गरे । 

यसअघि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि हिरासतमै पुगेर रविलाई भेटेका थिए । भेटपछि उनले लामिछानेमाथि अन्याय भएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...