नेभिगेशन
सबै कुरा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । 

Ncell
Extreme Energy

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ १८ पैसा निर्धारण गरेको छ । 

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०१ पैसा र बिक्रीदर नौ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै,  भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा ३ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन बुधबारका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ । कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार...
सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ...
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको...