नेभिगेशन
सबै कुरा

रविमाथि अमानवीय व्यवहार प्रकरणमा सोधपुछ गर्न प्रहरी प्रमुख बसन्त कुँवरलाई मानव अधिकार आयोगले बोलायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारको राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । रविमाथि हिरासतमा अमानवीय व्यवहार गरेको विषयमा सोधपुछ गर्न राष्ट्रिय मानव अधिकार आयोगले आज प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगमा बोलाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका प्रवक्ता डा।टीकाराम पोखरेलले दिउँसो १२ः३० मा कुँवरलाई आयोगमा उपस्थित हुन पत्र काटिएको बताए । ‘कुँवरलाई आज सोधपुछका लागि बोलाइएको छ,’ पोखरेलले भने,‘अब आवश्यकताका आधारमा चितवनका जिल्ला प्रहरी प्रमुखलाई पनि आयोगमै बोलाएर जवाफ माग्ने तयारी गरिरहेका छौँ ।’ 

Ncell
Extreme Energy

सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन लगिएका लामिछानेलाई कुँवरको ठाडो निर्देशनमा मंसिर १९ गते मध्यराति १२ः ०५ मा पोखराका लागि हिँडाइएको थियो । दिनभर बयान सकेर आराम गरिरहेका लामिछानेलाई परिवारलाई समेत जानकारी नदिई पोखरा लगिएको थियो । 

अस्वस्थ रहेको अवस्थाका लामिछानेलाई आफन्त र कानुन व्यवसायीलाई समेत झुक्याएर इच्छाविपरीत मध्यराति हिरासत सारिएको घटनाप्रति सर्वत्र प्रश्न उठेको छ । 

भोलिपल्ट  उडानमार्फत पोखरा लैजाने भनिएकोमा सुत्न लागेको अवस्थामा उनलाई जबर्जस्ती गाडीमा राखेर पोखरा लगिएको भन्दै प्रहरीको दुर्व्यवहारमाथि प्रश्न उठिरहेको छ । पोखरा पु¥याइएका लामिछानेको स्वास्थ्य परिक्षण गर्दा रक्तचाप अस्वभाविक देखिएको थियो । 

घटनाको दोस्रो दिन शुक्रबार रवि पत्नी निकिता पौडेलले प्रहरी महानिरीक्षक कुँवरलगायत माथि छानबिन गरी कारवाहीको माग गर्दै आयोगमा उजुरी दिएकी थिइन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आयोगमा उजुरी दिएको थियो ।

उजुरीपछि आयोगले नेपाल प्रहरी प्रधान कार्यालयमा पत्राचार गरि जवाफ मागेको थियो । तर, घटना संवेदनशिल देखिएकाले आज प्रहरी प्रमुखलाई आयोगमै उपस्थित गराएर जवाफ माग्न लागिएको आयोगले जनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै