नेभिगेशन
सबै कुरा

चीनको सिशापाङ हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तेञ्जेन शेर्पा बेपत्ता

२२ असोज, काठमाडौं । चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उहाँसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यही असोज २० गते गएको हिमपहिरोमा परी दुवैको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ । “उक्त हिमपहिरोमा परी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामा र कामिरीता शेर्पा गम्भीररुपमा घाइते भएका जानकारी प्राप्त भएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हराइरहेकाको खोज तथा उद्धारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त एवं विश्व रेकर्ड राख्न सफल आरोही र शेर्पाको मृत्यु भएको तथा अज्ञात अवस्थाको खबरले मन्त्रालय र सिङ्गो पर्वतारोहण क्षेत्र स्तब्ध भएको विज्ञप्तीमा  उल्लेख गरिएको छ ।

 नेपाल पर्वतारोहण सङ्घ र नेपाली पर्वतारोहण सञ्चालक कम्पनीका अनुसार असोज २० गते बिहान करिब ११ बजे आरोही गाइड मिमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटुको हिमपहिरोका कारण बेपत्ता भएकामा सोही दिन दुवै जनाको मृत शरीर भेटिएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ ।
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।