नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा सँधैका लागि अस्ताएका आनन्दका बा साेध्छन्, 'अब छोरा भनि कसलाई बोलाऊँ ? '

धनुषा : ‘मेरो जीवनमा १ करोड रुख रोप्नु छ । अक्सिजनको प्लान्टसँगै सुविधासम्पन्न अस्पताल खोल्नु छु, जहाँ कसैलाई भेदभाव हुने छैन ।’ यो धनुषा लक्ष्मीनियाँ–४ सपहीका २५ वर्षीय आनन्द साहले गरेको प्रण थियो । जुन आज पनि उनको फेसबुक पेजको कभर फोटोमा सुरक्षीत छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बिडम्बना आनन्दको यो प्रण, उनीसँगै इजरायलमा हमासले धवस्त पार्यो । 

कृषि र प्रकृतिमा भविष्य देखेर सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायमा पढ्दै भदौ २८ गते इजरायल पुगेका आनन्द साह प्यालेस्टायनी आतंकवादी समूह हमासको आक्रमण मारिए । 

शुक्रबार राति धेरै बेर परिवारका सदस्यसँग भिडियो कल गरेका आनन्दको शनिबारबाट फोन उठ्नै छोड्यो, म्यासेज सिन (हेर्नु) हुनै छोड्यो, उता आनन्द कहिल्यै अनलाइन नआउने गरि अस्ताइसकेका रहेछन् । 

घरको एउटा छोरा, ३ बहिनिका एउटा दाइ सबैका प्रिय थिए, आनन्द । तर उनै आनन्द संसारबाट विलय भएपछि अहिले आनन्दका परिवार विक्षिप्त छन् । आइतबार साँझ हमासको आक्रमणमा परि ज्यान गुमाउने नेपालीको सूचीमा आनन्दको नाम देखेपछि बाबु मुर्छित छन् । 

बाबुसँगै ७० वर्षीया हजुरआमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वतीको हाल उस्तै छ । जम्मा भएका छिमेकी सबैका आँखाभरि आँशु छन् । 

मुर्छित बाबुआमा छाती पिटेर रोरिहेका छन्, अब कसलाई छोरा भनुँ ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।