नेभिगेशन
सबै कुरा

छविलाल जोशीलाई अस्पताल भर्ना, रविले मानेनन्

काठमाडौँ । सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कास्की प्रहरीले जोशीलाई बिहिबार साँझ पोखराकै गण्डकी मेडिकल कजेल शिक्षण अस्पतालमा भर्ना गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जोशीले एक्कासी छाती दुखेको बताएपछि उनलाई अस्पताल भर्ना गरेर राखिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए । ‘हिजो साँझ एक्कासी छाति दुख्यो भन्नुभयो । त्यसपछि हामीले उहाँलाई तत्काल पोखराकै गण्डकी मेडिकल कलेजमा लगेर भर्ना गरेर राखेका छौँ ।’, शर्माले भने, ‘उहाँको स्वास्थ्य अवस्था हिजो जस्तो थियो, अहिलेपनि त्यस्तै छ । केही सुधार आएको छैन ।’

Ncell
Extreme Energy

त्यस्तै कास्की हिरासतमै रहेका रवि लामिछानेको पनि पछिल्लो समय उच्च रक्तचाप देखिएका कारण प्रहरीले अस्पताल जानका लागि अनुरोध गरेको तर रवि लामिछानेले इन्कार गरेको बताइएको छ । ‘छविलाल जोशीलाई अस्पताल लाने क्रममा रवि लामिछानेलाई पनि लैजानका लागि प्रहरीले सोधेको थियो तर उहाँले मान्नुभएन ।’, एक प्रहरी अधिकृतले सिधाकुरासँग भने, ‘भित्र केही समस्या आएपनि मेरो मुटु दह्रो छ, म हिरासतमै आराम गर्छु भनेपछि प्रहरीले छविलाल जोशीलाई मात्र अस्पताल लगेको हो ।’

सहकारी अपचलनमा जोशी गत असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए भने रवि लामिछानेलाई कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पार्टी कार्यालयबाटै पक्राउ गरेको थियो । 

ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने क्रममा विभिन्न सहकारीबाट पैसा ल्याएको आरोपसहित उनीहरुलाई पक्राउ गरिएको हो । जोशी र लामिछाने हिरासतमा रहँदा मुख्य अभियुक्त जीबी राई भने अझै फरार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।