नेभिगेशन
सबै कुरा

छविलाल जोशीलाई अस्पताल भर्ना, रविले मानेनन्

काठमाडौँ । सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि कास्की प्रहरीले जोशीलाई बिहिबार साँझ पोखराकै गण्डकी मेडिकल कजेल शिक्षण अस्पतालमा भर्ना गरेको हो ।

जोशीले एक्कासी छाती दुखेको बताएपछि उनलाई अस्पताल भर्ना गरेर राखिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए । ‘हिजो साँझ एक्कासी छाति दुख्यो भन्नुभयो । त्यसपछि हामीले उहाँलाई तत्काल पोखराकै गण्डकी मेडिकल कलेजमा लगेर भर्ना गरेर राखेका छौँ ।’, शर्माले भने, ‘उहाँको स्वास्थ्य अवस्था हिजो जस्तो थियो, अहिलेपनि त्यस्तै छ । केही सुधार आएको छैन ।’

CG

त्यस्तै कास्की हिरासतमै रहेका रवि लामिछानेको पनि पछिल्लो समय उच्च रक्तचाप देखिएका कारण प्रहरीले अस्पताल जानका लागि अनुरोध गरेको तर रवि लामिछानेले इन्कार गरेको बताइएको छ । ‘छविलाल जोशीलाई अस्पताल लाने क्रममा रवि लामिछानेलाई पनि लैजानका लागि प्रहरीले सोधेको थियो तर उहाँले मान्नुभएन ।’, एक प्रहरी अधिकृतले सिधाकुरासँग भने, ‘भित्र केही समस्या आएपनि मेरो मुटु दह्रो छ, म हिरासतमै आराम गर्छु भनेपछि प्रहरीले छविलाल जोशीलाई मात्र अस्पताल लगेको हो ।’

सहकारी अपचलनमा जोशी गत असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए भने रवि लामिछानेलाई कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पार्टी कार्यालयबाटै पक्राउ गरेको थियो । 

ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने क्रममा विभिन्न सहकारीबाट पैसा ल्याएको आरोपसहित उनीहरुलाई पक्राउ गरिएको हो । जोशी र लामिछाने हिरासतमा रहँदा मुख्य अभियुक्त जीबी राई भने अझै फरार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु

प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा (इएचएस)...
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।