नेभिगेशन
सबै कुरा

इजरायलमा कुनैपनि भ्रमण नगर्न परराष्ट्रमन्त्रीको आग्रह

२३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले  इजरायलमा कुनै पनि संस्थागत वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायलमा प्यालेयष्टिनी अतंकवादी समुह हमासको आक्रमणबाट आफ्ना सयौँ नागरिक घाइते भएपछि युद्ध घोषणा गरेको छ । हमासको हमलामा परी नेपालबाट लनै एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका १० जना नेपाली बिद्यार्थीको समेत मृत्यु भएको छ । 

Extreme Energy

सोही कारण तत्काल कुनै पनि भ्रमण नगर्न मन्त्री साउदले आग्रह गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली र उनीहरुको अवस्थाबारे पनि समितिलाई जानकारी गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । त्यस्तै लर्न एण्ड अर्न कार्यक्रममार्फत २६५ जना विद्यार्थीहरु पुगेका छन् । जसमध्ये १० जनाको मृत्यु भएको छ । उनले शवहरु बंकरबाट सुरक्षित स्थानमा सारिएको समेत जानकारी दिएका छन् भने नेपाल फर्कन इच्छुक नेपालीका लागि अनलाईन रजिष्ट्रेसनको समेत व्यवस्था गरको उल्लेख गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै