नेभिगेशन
सबै कुरा

भ्रष्टहरुको मुख हेरेर हैन, काम र अपराध हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टहरुको मुख हेरेर नभई काम र अपराध हेरेर कारबाही गर्ने  प्रतिबद्धता दोहोर्र्याएका छन् । 

मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु देशको अवस्था सुधार गर्न र सच्याउन सरकारमा भएको बताउँदे भ्रष्टहरुलाई उम्किन नदिने बताएका हुन् । ‘देशको अवस्था सच्याउनुछ । देशको अवस्था सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । हामी त्यस कुरामा दत्तचित्त छौँ । देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ । मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर हैन, काम हेरेर अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’, प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै उनले अहिले देशको आर्थिक अवस्था नाजकु भएको र आफूहरु त्यस्लाई सम्हालेर माथि उठाउने बताएका छन् । ओलीले भने, ‘अहिले तत्काल अवस्था अत्यन्त नाजुक बनाएको रहेछ आर्थिक हिसाबले देशको । त्यसलाई हामी सम्हालेर फेरि फर्काउने र फेरि माथि उठाउने काम गर्दैछौँ। त्यो मलाई कुनै राजनीतिक लफाजीदिहरु छैन ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि जनतालाई कुनै पनि कर्मचारीले कामका सिलसिलामा दुख दिन नपाउने समेत बताएका छन् । ‘जनतालाई दुख दिन कर्मचारीले पनि पाउँदैन, दिन हुँदेन ।’, ओलीले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...