नेभिगेशन
समाज

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

चितवन । पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–१, लीलाचोक नदी किनारका वस्ती प्रभावित भएका छन् । सोमबार नदीको जलसतह साढे चार मिटर घटेपनि घरभित्र पसेको बालुवा र लेदो सफा गर्न स्थानीयबासीलाई सास्ती भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र आफन्तकहाँ शरण लिन बाध्य पीडितहरू बिहानैदेखि बालबालिकालाई सम्हाल्दै घर सफा गर्न जुटिरहेका छन् ।

Ncell
Extreme Energy

बाढी घटेपनि स्थानीय तह वा सरकारी निकायबाट सोधखोज र उद्धारका लागि कोही नपुगेको पीडितहरूको गुनासो छ ।

भरतपुर–१ नारायणी किनारमै रहेको राष्ट्रिय आधारभूत विद्यालय पनि बाढी र हिलोले पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । कक्षाकोठाभित्र रहेका टेबल र कुर्सी हिलाम्मे भएका छन् ।

स्थानीय युवा अञ्जित सापकोटाका अनुसार यो विद्यालय अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा छ । हरेक एक–दुई वर्षमा विद्यालयमा बाढी छिर्ने र नारायणी किनारमा लाग्ने मेला–महोत्सवको हल्लाले वर्षमा ३ देखि ४ पटकसम्म १०–१० दिन पठनपाठन ठप्प हुने गरेको उनले सुनाए। विद्यालयमा करिब ८५ देखि १२० जना बालबालिका अध्ययनरत रहेको बताउँदै सापकोटाले भने, 'सधैँभरि बाढीको झन्झट सहनुभन्दा महानगरपालिका र प्रशासनले यो विद्यालयलाई अन्यत्र सुरक्षित स्थानमा मर्ज  गरिदिनुपर्छ।'

सरकारी निकाय वा जनप्रतिनिधिहरू सहायताका लागि नपुगेपछि अहिले स्थानीय युवाहरू, विधार्थीहरू नै स्वतःस्फूर्त रूपमा संगठित भई विद्यालय तथा छिमेकीका घरहरूमा जमेको लेदो र बालुवा हटाउने सरसफाइ अभियानमा खटिएका छन् ।

Narayani-Flood-Side-Effect_NPL-(23)-1790590245.JPG

Narayani-Flood-Side-Effect_NPL-(19)-1790590237.JPG

Narayani-Flood-Side-Effect_NPL-(18)-1790590237.JPG

Narayani-Flood-Side-Effect_NPL-(5)-1790590230.JPG

Narayani-Flood-Side-Effect_NPL-(20)-1790590241.JPG

Narayani-Flood-Side-Effect_NPL-(21)-1790590245.JPG

Narayani-Flood-Side-Effect_NPL-(24)-1790590248.JPG

Narayani-Flood-Side-Effect_NPL-(22)-1790590241.JPG

Narayani-Flood-Side-Effect_NPL-(17)-1790590233.JPG

Narayani-Flood-Side-Effect_NPL-(16)-1790590233.JPG

Narayani-Flood-Side-Effect_NPL-(9)-1790590225.JPG

Narayani-Flood-Side-Effect_NPL-(6)-1790590225.JPG

Narayani-Flood-Side-Effect_NPL-(8)-1790590222.JPG

Narayani-Flood-Side-Effect_NPL-(10)-1790590221.JPG

Narayani-Flood-Side-Effect_NPL-(7)-1790590219.JPG

Narayani-Flood-Side-Effect_NPL-(11)-1790590218.JPG

Narayani-Flood-Side-Effect_NPL-(12)-1790590215.JPG

Narayani-Flood-Side-Effect_NPL-(13)-1790590215.JPG

Narayani-Flood-Side-Effect_NPL-(14)-1790590212.JPG

Narayani-Flood-Side-Effect_NPL-(4)-1790590206.JPG

Narayani-Flood-Side-Effect_NPL-(2)-1790590207.JPG

Narayani-Flood-Side-Effect_NPL-(1)-1790590211.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...