नेभिगेशन
समाज

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

चितवन । पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका–१, लीलाचोक नदी किनारका वस्ती प्रभावित भएका छन् । सोमबार नदीको जलसतह साढे चार मिटर घटेपनि घरभित्र पसेको बालुवा र लेदो सफा गर्न स्थानीयबासीलाई सास्ती भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र आफन्तकहाँ शरण लिन बाध्य पीडितहरू बिहानैदेखि बालबालिकालाई सम्हाल्दै घर सफा गर्न जुटिरहेका छन् ।

Ncell
Extreme Energy

बाढी घटेपनि स्थानीय तह वा सरकारी निकायबाट सोधखोज र उद्धारका लागि कोही नपुगेको पीडितहरूको गुनासो छ ।

भरतपुर–१ नारायणी किनारमै रहेको राष्ट्रिय आधारभूत विद्यालय पनि बाढी र हिलोले पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । कक्षाकोठाभित्र रहेका टेबल र कुर्सी हिलाम्मे भएका छन् ।

स्थानीय युवा अञ्जित सापकोटाका अनुसार यो विद्यालय अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा छ । हरेक एक–दुई वर्षमा विद्यालयमा बाढी छिर्ने र नारायणी किनारमा लाग्ने मेला–महोत्सवको हल्लाले वर्षमा ३ देखि ४ पटकसम्म १०–१० दिन पठनपाठन ठप्प हुने गरेको उनले सुनाए। विद्यालयमा करिब ८५ देखि १२० जना बालबालिका अध्ययनरत रहेको बताउँदै सापकोटाले भने, 'सधैँभरि बाढीको झन्झट सहनुभन्दा महानगरपालिका र प्रशासनले यो विद्यालयलाई अन्यत्र सुरक्षित स्थानमा मर्ज  गरिदिनुपर्छ।'

सरकारी निकाय वा जनप्रतिनिधिहरू सहायताका लागि नपुगेपछि अहिले स्थानीय युवाहरू, विधार्थीहरू नै स्वतःस्फूर्त रूपमा संगठित भई विद्यालय तथा छिमेकीका घरहरूमा जमेको लेदो र बालुवा हटाउने सरसफाइ अभियानमा खटिएका छन् ।

Narayani-Flood-Side-Effect_NPL-(23)-1790590245.JPG

Narayani-Flood-Side-Effect_NPL-(19)-1790590237.JPG

Narayani-Flood-Side-Effect_NPL-(18)-1790590237.JPG

Narayani-Flood-Side-Effect_NPL-(5)-1790590230.JPG

Narayani-Flood-Side-Effect_NPL-(20)-1790590241.JPG

Narayani-Flood-Side-Effect_NPL-(21)-1790590245.JPG

Narayani-Flood-Side-Effect_NPL-(24)-1790590248.JPG

Narayani-Flood-Side-Effect_NPL-(22)-1790590241.JPG

Narayani-Flood-Side-Effect_NPL-(17)-1790590233.JPG

Narayani-Flood-Side-Effect_NPL-(16)-1790590233.JPG

Narayani-Flood-Side-Effect_NPL-(9)-1790590225.JPG

Narayani-Flood-Side-Effect_NPL-(6)-1790590225.JPG

Narayani-Flood-Side-Effect_NPL-(8)-1790590222.JPG

Narayani-Flood-Side-Effect_NPL-(10)-1790590221.JPG

Narayani-Flood-Side-Effect_NPL-(7)-1790590219.JPG

Narayani-Flood-Side-Effect_NPL-(11)-1790590218.JPG

Narayani-Flood-Side-Effect_NPL-(12)-1790590215.JPG

Narayani-Flood-Side-Effect_NPL-(13)-1790590215.JPG

Narayani-Flood-Side-Effect_NPL-(14)-1790590212.JPG

Narayani-Flood-Side-Effect_NPL-(4)-1790590206.JPG

Narayani-Flood-Side-Effect_NPL-(2)-1790590207.JPG

Narayani-Flood-Side-Effect_NPL-(1)-1790590211.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)

अविरल वर्षाका कारण सेती नदीको बहाब बढेर पोखराको रामघाटमा ताल बनेको छ । जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...