नेभिगेशन
सबै कुरा

त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरः सुमना श्रेष्ठ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।

समिति सदस्य तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई समेत समितिमा निम्त्याएर छलफल गर्नुपर्ने माग राखिन् । उनले भनिन्  ‘अशोक राइज्यू शिक्षामन्त्री हुँदा हालका मन्त्रीज्यू र म नै सांसद थियौँ। हामीले त्यतिबेलै उच्च शिक्षाबारे छलफल गर्न कुलपतिज्यूलाई बोलाउँ भनेका थियौँ। अहिले त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न पनि कुलपतिज्यूलाई निम्त्याउनुपर्छ।’ 

त्रिविको दर्जनौँ रोपनी जग्गा विश्वविद्यालयकै पूर्व पदाधिकारी र केही राजनीतिक व्यक्तिहरूको संःग्नातामा हिनामिना गरिएको गुनासो आएपछि गत जेठ १७ गते नेपाल सरकारले तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको प्रस्तावमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो। त्रिविको जग्गामा कतै नीजि घर बनाइएको त कतै नीजि स्कुल र पेट्रोल पम्प चलाइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जग्गा छानबिन गर्न नेपाल सरकारले बनाएको उच्चस्तरीय समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। तर, प्रधानमन्त्रीले प्रतिवेदन सार्वजनिक गर्नु र कार्यान्वयन गर्नुको साटो फेरि अर्को समिति बनाउने कुरा गरेर अल्झाएको आरोप लाग्ने गरेको छ।

श्रेष्ठले प्रश्न गर्दै भनिन् ‘यो उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक नगर्ने तर अर्को समिति बनाउने कुरा किन? आफ्नै दलको कार्यकर्तालाई छानबिनको जिम्मा दिन हो?’। यही समितिको प्रतिवेदन कार्यान्वयनमा पनि लैजानुपर्छ र तत्काल सार्वजनिक पनि  सांसद श्रेष्ठको जोड थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...
त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

त्रिविको जग्गा तथा अचल समिति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

अनुसूचीसहित कुल १७९ पृष्ठको सो प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसको जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि मन्त्रालयसहित सम्बद्ध निकायको भूमिका तथा...
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।