नेभिगेशन
समाज

संसदीय समितिले भन्यो– चाडपर्व आउनै लाग्यो, आवागमन सहज बनाऊ

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आज बसेको समितिको बैठकले दशैं, तिहार, छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो । 

Ncell
Extreme Energy

निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्ने, तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए । 

बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका–मैत्री सेवा, यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ भने सडकको अवस्था र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्ने, वैकल्पिक मार्गको तयारी राख्ने, सवारी साधनको प्राविधिक परीक्षण गर्ने, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको सभापति गजुरेलले बताए । 

यात्रुले टिकट नपाउने, तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने, अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिन सहज टिकट उपलब्धता, भाडादरको प्रभावकारी कार्यान्वयन र बलियो गुनासो सुनुवाइ व्यवस्थासहितको कार्ययोजना तत्काल तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए । 

बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बीपी राजमार्गलाई १० दिनभित्र वैकल्पिक ट्रयाक खोलेर वा अन्य विधिबाट सञ्चालन गरिने जानकारी दिए । चाडपर्वका लागि गाडीको प्रि–बुकिङ, अनलाइन बुकिङ तथा नियमित अनुगमनको व्यवस्था मिलाइने पनि उनले बताए । 

बैठकमा समिति सदस्यहरुले चाडपर्वका समयमा देखिएको गरेको यातायात व्यवस्थापनलाई समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण गराएका थिए । बैठकमा यातायात व्यवसायी र ट्राफिक प्रहरीका अधिकारीहरुको पनि उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

चोलेन्द्र प्रकरणमा प्रचण्डको प्रतिक्रिया– छोरी पिटेर बुहारी तर्साउने नियत

उनले भने– ‘यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनु पर्थ्यो।’
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षीले सोधे– चोलेन्द्रलाई किन पक्राउ गरेको ?

विपक्षी दलका सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।