नेभिगेशन
सबै कुरा

एनपिएल अपडेट : इलिमिनेटरमा कर्णाली याक्ससँग हार व्योहोर्दै प्लेअफबाट बाहिरियो चितवन राइनोज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको ‘इलिमिनेटर’ खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले हार व्योहोरेको छ । चितवनविरुद्ध कर्णालीले २१ रनले जीत हात पारेकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा चितवन राइनोजलाई एक सय ७६ रनको लक्ष्य दिएको छ । सो लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो ।

Ncell
Extreme Energy

कर्णालीका लागि जिसन मक्सुदले तीन, नन्दन यादवले तीन, सोमपाल कामीले दुई, विपिन प्रसाद शर्माले एक विकेट लिए । 

कर्णालीको लक्ष्य पछ्याएको चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन, कुशल मल्लले २१ रन, विपिन रावलले १८ रन बनाए । 

आजको खेलमा हार व्योहोरेसँगै चितवन राइनोज एनपिएलको प्लेअफबाट बाहिरिएको छ भने कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...