नेभिगेशन
सबै कुरा

एनपिएल अपडेट : इलिमिनेटरमा कर्णाली याक्ससँग हार व्योहोर्दै प्लेअफबाट बाहिरियो चितवन राइनोज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको ‘इलिमिनेटर’ खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले हार व्योहोरेको छ । चितवनविरुद्ध कर्णालीले २१ रनले जीत हात पारेकाे हाे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा चितवन राइनोजलाई एक सय ७६ रनको लक्ष्य दिएको छ । सो लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो ।

Ncell
Extreme Energy

कर्णालीका लागि जिसन मक्सुदले तीन, नन्दन यादवले तीन, सोमपाल कामीले दुई, विपिन प्रसाद शर्माले एक विकेट लिए । 

कर्णालीको लक्ष्य पछ्याएको चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन, कुशल मल्लले २१ रन, विपिन रावलले १८ रन बनाए । 

आजको खेलमा हार व्योहोरेसँगै चितवन राइनोज एनपिएलको प्लेअफबाट बाहिरिएको छ भने कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका...
एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी राष्ट्रिय टोलीका अलराउन्डर हुसेन तलाटलाई अनुबन्ध गरेको छ ।