नेभिगेशन
सबै कुरा

एनपिएल अपडेट : जनकपुरले सुदुरपश्चिमलाई दियो १४० रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले  १४० रनको टार्गेट दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो । 

Ncell
Extreme Energy

जनकपुरका लागि जेम्स निसमले ४५ रन, शुभ कंशकारले २६ रन, हर्ष थाकर र लहिरु मिलान्थाले १२–१२ रन बनाए । 

त्यस्तै सुदुरपश्चिम रोयल्सका लागि दीपेन्द्र सिंह ऐरीले तीन, विनाश बोहोरा र सैफ अली जैबले दुई- दुई, नरेन साउद र स्कट कुगेलेइनले एक–एक विकेट लिए । 

जारी खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका...
एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी राष्ट्रिय टोलीका अलराउन्डर हुसेन तलाटलाई अनुबन्ध गरेको छ ।