नेभिगेशन
सबै कुरा

विनोद भण्डारीकाे अर्धशतकमा जनकपुरलाई हराउँदै फाइनल प्रवेश गर्यो सुदुरपश्चिम

काठमाडौँ । काठमाडौँ । बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनल प्रवेश गरेको हो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो । पराजित टोली जनकपुरले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्ससंग खेल्ने छ ।

Ncell
Extreme Energy

कर्णाली याक्सले बुधबार नै इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो । कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे ।

दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमबीच शनिबार उपाधीका लागि प्रतिष्पर्धा हुने क्यानले जनाएको छ । एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने

कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा...
बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।
श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर र अमेरिकन अलराउन्डर शेड्ली भान लुम्बिनीमा आबद्ध

म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका...
एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

एनपिएलमा कर्णाली याक्सले अनुबन्ध गर्‍यो पाकिस्तानी अलराउन्डर हुसेन तलाट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी राष्ट्रिय टोलीका अलराउन्डर हुसेन तलाटलाई अनुबन्ध गरेको छ ।