नेभिगेशन
सबै कुरा

विनोद भण्डारीकाे अर्धशतकमा जनकपुरलाई हराउँदै फाइनल प्रवेश गर्यो सुदुरपश्चिम

काठमाडौँ । काठमाडौँ । बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनल प्रवेश गरेको हो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो । पराजित टोली जनकपुरले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्ससंग खेल्ने छ ।

Ncell
Extreme Energy

कर्णाली याक्सले बुधबार नै इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो । कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे ।

दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमबीच शनिबार उपाधीका लागि प्रतिष्पर्धा हुने क्यानले जनाएको छ । एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।