नेभिगेशन
सबै कुरा

‘म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’–प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सका साथमा वर्तमान सरकार रहने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

 “म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’’, प्रधानमन्त्री ओलीले निष्ठाका साथ राष्ट्रको विकासमा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता दोहो¥याउँदै भने ।  

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गाली गलौज र बदनाम गर्नेको प्रवृत्ति सही नहुने बताए । 

त्यस्तै उनले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । 

प्रधानमन्त्रीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताए । उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताए । 

“अझै पनि २० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन् । भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन ।’’, प्रधानमन्त्री ओलीले भने, “हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ । मानव जगत्को सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चासो हो । मानव जाति नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामा जोखिम पर्नसक्छ । अशान्तिहुनसक्छ । त्यसैले मानवको रक्षा पहिलो दायित्व हो भन्ने भावनाका साथ  सबैले काम गर्नुपर्छ ।’’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

मंगलबार ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार...
पार्टी छोडेर जानेलाई स्वर्णिमले भने, ‘पार्टीमा रहदाको योगदानका लागि दुई हात जोडेर धन्यवाद,  राजनीतिक यात्राको शुभकामना'

पार्टी छोडेर जानेलाई स्वर्णिमले भने, ‘पार्टीमा रहदाको योगदानका लागि दुई हात जोडेर धन्यवाद,  राजनीतिक यात्राको शुभकामना'

उपसभापति वाग्ले आज सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए । भेटमा सभापति लामिछानेसँग पार्टीमा आउन चाहनेहरुका बारेमा २ घण्टा छलफल भएको बताए । उनले सञ्चारकर्मीलाई प्रतिक्रिया...
कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनको विजय सुरुवात

कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनको विजय सुरुवात

जवाफी ब्याटिङमा मैदान उत्रिएको चितवनले निर्धारित १९ं.१ बल खेल्दै कर्णालीले दिएको लक्ष्य प्राप्त गरेको हो । कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा कर्णाली याक्सले १६६ रन मात्र बनाएको...
सरकारलाई स्वर्णिमको आग्रहः सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिनुस्

सरकारलाई स्वर्णिमको आग्रहः सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिनुस्

‘संसदले पेश गरेको त्यस्तो प्रकृतिको छानबिन रिपोर्ट तयार भएको २, ३ घण्टामै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे अहिले आम जनातालाई छर्लङ्ग थाहा भईसकेको छ । ४०...

भर्खरै