नेभिगेशन
सबै कुरा

ऋषिकेश पोखरेलकी श्रीमतिलाई १० लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौँ । नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा मुछिएकी पोखरेललाई जिल्ला अदालत माेरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले रिहा गर्न आदेश दिएको हो ।

Global Ime Bank

सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएपनि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । अदालतमा हाजिर भएकी उनीसँग बयान लिएर बहस भएको र थुनछेक आदेश भएको हो । 

सार्वजनिक लेखा समितिका सभापतिकी पत्नी कोइराला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको तत्कालीन सञ्चालक समिति सदस्य हुन्।

सरकारी वकिल कार्यालयले उनीसहित २६ जनाविरुद्ध सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

रसुवामा आएको भीषण बाढीका कारण चार जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । क्षतिको असरस्वरूप झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

‘कुलिङ अफ पिरियड’ हेरफेर प्रकरण: छानबिन समितिको पहिलो बैठक आज बस्दै

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी हेरफेरको छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक आज मंगलबार बस्दैछ।
भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना (तस्विरहरु)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा...
रसुवागढी बाढीः ३ प्रहरी, ९ नेपाली सेना र ६ जना चिनियाँ नागरिक बेपत्ता

रसुवागढी बाढीः ३ प्रहरी, ९ नेपाली सेना र ६ जना चिनियाँ नागरिक बेपत्ता

गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा चीनमा परेको अबिरल वर्षाका कारण आएको बाढीका कारण ३ जना प्रहरी, ९ जना नेपाली सेना, ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका...