नेभिगेशन
समाज

रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण चार जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । क्षतिको असरस्वरूप झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ मा उत्पादन रोकिएको छ। बाढीले रसुवागढीको हेडवर्क्स क्षतिग्रस्त भएको छ भने त्रिशूली–३ ‘ए’ को तीनवटा हेडवर्क्स बगाएको छ।

Ncell
Extreme Energy

चिलिमे आयोजनाको टेलरेसमा पानी पसे पनि ठूलो क्षति नभएको जनाइएको छ। त्रिशूली–३ ‘बी’ को हब सबस्टेसनमा बाढी पस्दा त्यसको पनि सञ्चालन ठप्प भएको छ। यी आयोजनाबाट क्रमशः २२, ६० र ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो।

बाढीले त्रिशूली करिडोरमा रहेका प्रसारण लाइनको बाइपास टावरसमेत बगाएको प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

यसैबीच चिलिमे जलविद्युत् आयोजनाका सीईओ बाबुराजा महर्जनले भोटेकोसी नदीमा आएको बाढीले आयोजनाहरूमा भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याएको बताए।

मंगलबार बिहान तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। भन्सार यार्डमा राखिएका सवारी साधन बगाएका छन् भने कम्तीमा १८ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना नेपाली रहेका छन्।

सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको मूल्याङ्कन सुरु गरिसकेको छ। जलविद्युत् उत्पादन पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले प्राविधिक टोली खटाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...