नेभिगेशन
मुख्य समाचार

रसुवामा भीषण बाढीः चार जलविद्युत् आयोजना बन्द, २ सय मेगावाट उत्पादन ठप्प

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण चार जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । क्षतिको असरस्वरूप झन्डै २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ मा उत्पादन रोकिएको छ। बाढीले रसुवागढीको हेडवर्क्स क्षतिग्रस्त भएको छ भने त्रिशूली–३ ‘ए’ को तीनवटा हेडवर्क्स बगाएको छ।

चिलिमे आयोजनाको टेलरेसमा पानी पसे पनि ठूलो क्षति नभएको जनाइएको छ। त्रिशूली–३ ‘बी’ को हब सबस्टेसनमा बाढी पस्दा त्यसको पनि सञ्चालन ठप्प भएको छ। यी आयोजनाबाट क्रमशः २२, ६० र ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो।

बाढीले त्रिशूली करिडोरमा रहेका प्रसारण लाइनको बाइपास टावरसमेत बगाएको प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

यसैबीच चिलिमे जलविद्युत् आयोजनाका सीईओ बाबुराजा महर्जनले भोटेकोसी नदीमा आएको बाढीले आयोजनाहरूमा भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याएको बताए।

मंगलबार बिहान तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। भन्सार यार्डमा राखिएका सवारी साधन बगाएका छन् भने कम्तीमा १८ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना नेपाली रहेका छन्।

सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको मूल्याङ्कन सुरु गरिसकेको छ। जलविद्युत् उत्पादन पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले प्राविधिक टोली खटाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।